ठूलो परिमाणमा भुटानी रक्सी र बियर बरामद

IMG-20250218-WA0257

अलीपुरदुअर: जिल्ला आबकारी विभागले अलिपुरद्वारको कुमारग्राम ब्लकको भारत–भुटान सीमाको कालीखोला क्षेत्रबाट ५ लाख रुपैयाँको अवैध भुटानी मदिरा बरामद गरेको छ।
अभियुक्तहरूले अवैध रूपमा भुटानबाट सातवटा साइकलमा जंगलकाे बाटाे हुँदै कुमारग्रामतर्फ भुटानी मदिरा ल्याउँदै थिए।
गोप्य खबर पाएपछि आबकारी विभागका अधिकारीहरूले छापा मारेर अवैध भुटानी मदिरा बरामद गरे।
तर, एसएसबी र आबकारी विभागका अधिकारीहरु आउने भनक लागने लगत्तै तस्करहरु साइकल छोडेर फ़रार भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement