फुलबाड़ीमा घरबाट गाई चोरी भएपछि आतंक

IMG-20250218-WA0260

सिलगढी: फुलबाड़ीमा एक घरबाट दुईवटा गाई चोरीले आतंक मच्चाएको छ। फुलबाड़ी नम्बर २ पञ्चायत गठम्बडीका अमल राईको घरमा चोरीको घटना भएको हो। परिवारका सदस्यहरु हिजो राती सुतेको अबस्थामा चोरी भएको पारिवारिक स्रोतले जनाएको छ। आज बिहान गोठमा गएपछि ढोका खुलेको देखे। घरको पछाडिको गेटबाट चोरहरू घरभित्र पसेर चारमध्ये दुईवटा गाई चोरेर लगेका छन्। घटनाले इलाका भरि त्रास फैलिएको छ। चोरी हुन नदिन थप निगरानी गर्न स्थानीयले माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement