खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले पश्चिम बंगालको श्रममन्त्री मलय घटकसँग भेट गरेर कमानवासीलाई दिइने “जस्ताको त्यस्तै(as is where is) जमीनको पट्टा विषय विस्तृत विमर्श गर३को जानकारी प्राप्त भएको छ। जीटीए प्रमुख अनित थापाले आज प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो विमर्शमा जस्ताको त्यस्तै जमीनको सर्वेक्षणको नोटिस निस्केकोमाथि चर्चा भयो। त्यही नोटिस अनुरुप सर्वेक्षण पनि चलेको थियो। मैले उनलाई एउटा ज्ञापन पत्र पनि चढाएको छु।’
थापाले अघि भने, ‘ज्ञापनमा मैले मन्त्रालयले जस्ताको त्यस्तै(as is where is) आधारमा जग्गाको पट्टा वितरण सम्बन्धि एक स्पष्ट अधिसूचना जारी गरून्। यो अधिसूचनाले (नयाँ) जीटीए क्षेत्रका चिया बगानहरूमा बसोबास गर्ने बासिन्दाहरूलाई कुनै पनि क्षेत्रफल सीमाको सन्दर्भ बिना “जस्ताको त्यस्तै” आधारमा र पारदर्शी तरिकाले पट्टा वितरण गर्ने सुनिश्चितता दिनुपर्नेछ। यस विषयमा स्पष्ट अधिसूचना नआउञ्जेलसम्म गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अन्तर्गतका चिया बगान क्षेत्रहरूमा हाल चलिरहेको भूमि सर्वेक्षण कार्य रोक्न कृपया निर्देशन दिन अनुरोध गर्दछु।’
अनित थापाले आफ्नो प्रेस विज्ञप्तिमा ज्ञापन पत्रको प्रतिलिपि पनि साझा गरेका छन्।










