दुबई: फिनिशरको भूमिकाको निम्ति तयारी गरिरहेका विकेटकीपर ब्याटर केएल राहुलले बंग्लादेशविरुद्ध च्याम्पियन्स ट्रफीको आफ्नो पहिलो म्याच अघि भारतीय टीमको दोस्रो अभ्यास सत्रमा ठूलो शट्हरू खेल्ने कौशलमाथि काम गरे। तक्निकी रूपले मजबूत ब्याटिंगले गर्दा चिनिने राहुलले आक्रामक शट्हरू खेल्नमा ध्यान केन्द्रित गरे। टीममा विकेटकीपर ब्याटरको रूपमा रिषभ पन्त पनि स्थान पाउने प्रतीक्षामा छन्। यसैकारण ३२ वर्षीय राहुललाई अधिक सक्रिय र पावर हिटिंग मानसिकताको साथ अभ्यास गरिरहेको देखियो। ईंग्ल्याण्डविरुद्ध तेस्रो वनडेमा २९ बलमा ४० रनको तेज ईनिंग्स खेल्ने राहुललाई लगभग हरेक बलमा छक्का लगाउने अभ्यास गरिरहेको देखियो। पाँचौं या छैटौंं स्थानमा ब्याटिंग गर्नको निम्ति तयार राहुल निम्ति अन्तिम ओभरहरू उपयोगी साबित हुन सक्छन् जहाँ उनले क्रीजमा आउनको साथ तेजीको साथ रन बटुल्नु पर्नेछ। यसैकारण उनलाई रेञ्ज हिटिंगको अभ्यास गरिरहेको देखियो। ईंग्ल्याण्डविरुद्ध सीरीजमा आक्रामक ब्याटिंग गर्ने श्रेयस अय्यरले पनि अभ्यास सत्रमा आक्रामक शैलीमा खेले।
ईंग्ल्याण्डविरुद्ध वनडे सीरीजको ३ वटा म्याचमा ८७, ६० र ११२ रन बनाएर सर्वश्रेष्ठ खेलाड़ी चयन हुने ओपनिंग ब्याटर शुभमन गिललाई नेटमा फर्ममा देखियो। उनले दर्शनीय ड्राइव र पुल सहित एकाधिक शट्हरू खेले। यसरी ईंग्ल्याण्डविरुद्ध सीरीजको दोस्रो म्याचमा ११९ रनको ईनिंग्स खेल्ने कप्तान रोहित शर्मालाई पनि नेटमा फर्ममा देखियो। उनले लेट कट र टच शट्हरू खेल्ने अभ्यास गरे। भारतीय ब्याटिंग क्रमको मुख्य खेलाड़ी विराट कोहलीले पनि आफ्नो कौशल निखार्नमा समय दिए। उनले बललाई ब्याटको बीचमा खेल्ने अनि शट् खेल्नमा समय दिनुलाई प्राथमिकता दिए। उनलाई आत्मविश्वासले भरिएको देखियो।
अभ्यास सत्रको पहिलो दिन हार्दिक पाण्ड्याको शट्ले घुँड़ामा चोट लागेको हुनाले रिषभ पन्तलाई चाहिँ संघर्ष गरिरहेको देखियो। उनलाई सामान्य लड़खड़ाउँदै हिँड़ेको देखियो। उनले विकेटकीपिंग र फील्डिंग अभ्यास गरेनन्। पन्त पछिबाट ब्याटिंग अभ्यास गर्न आए पनि उनलाई फर्ममा देखिएन। सत्रको शुरुवातमा टीमलाई ३ भागमा बाँड़ेर डायरेक्ट हिट प्रतियोगिता भयो। रोहित शर्माको अगुवाईमा रहने टीममा पाण्ड्या, अर्शदीप सिंह, रविन्द्र जडेजा र श्रेयस थिए। यसरी दोस्रो टीममा गिल, मोहम्मद शमी, अक्षर पटेल, वरुण चक्रवर्ती र वाशिंगटन सुन्दर थिए। यसरी तेस्रो टीममा कुलदीप यादव, राहुल, हर्षित राणा र कोहली थिए।









