रेणुका सिंहले हासिल गरिन् पर्पल क्याप

IMG-20250218-WA0182

बड़ोदरा: महिला प्रीमियर लीग (डब्ल्यूपीएल)-मा रोयल च्यालेञ्जर्स बेंगलुरुको निम्ति पेस बलर रेणुका सिंहको असाधारण प्रदर्शनको क्रम जारी छ। दिल्ली क्यापिटल्सविरुद्ध सोमवार राति खेलिएको म्याचमा रेणुकाले केवल २३ रन खर्च गरेर ३ वटा महत्त्वपूर्ण विकेट हासिल गरेर विरोधी टीमलाई ठूलो स्कोरसम्म पुग्न दिइनन्। म्याचको अवधि रेणुकाले असाधारण लाइन र लेन्थमा बलिंग गरिन्। उनले आफ्नो पहिलो बलमै शेफाली वर्मालाई पनि आउट गरिन्। रेणुकाले अहिलेसम्म २ वटा म्याचमा ५ विकेट हासिल गरिसकेकी छन् अनि यसको साथ उनले पर्पल क्याप पनि आफ्नो नाम गरिन्। प्लेयर अव् द म्याच चयन भएकी रेणुकाले म्याचपछि भनिन्, यहाँको पीचमा मलाई सदा अतिरिक्त सहायता प्राप्त हुन्छ अनि यो कुरा मेरो दिमागमा थियो। आज पनि म यहाँ विकेट लिने मानसिकताको साथ आएकी थिएँ। मैदान बाहिर रहेको समय म जहिले पनि एनसीए-मा ट्रयसँग काम गर्छु। म उनीसँग काम गर्दा सदा सहज अनुभव गर्छु। उनले मलाई धेरै सहायता गर्छन्। एनसीए-मा गरेको मेहनतले नै मलाई लाइन र लेन्थ सुधार्नमा सहायता भयो। आज पीच त्यति सजिलो थिएन तर हामीले आफ्नो रणनीति अनुसार खेल्दै म्याच जित्यौं। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै दिल्ली क्यापिटल्स १९.३ ओभरमा १४१ रन बनाएर अलआउट भयो। जवाफमा रोयल च्यालेञ्जर्स बेंगलुरुले १६.२ ओभरमै २ विकेटमा १४६ रन बनाएर म्याच जित्यो। कप्तान स्मृति मन्धनाले सर्वाधिक ८१ रन बनाइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement