अष्ट्रेलियालाई प्रमुख पेस बलरहरूका कमी अनुभव हुने माइकल भनको दावी

IMG-20250218-WA0176

नयाँ दिल्ली: आईसीसी च्याम्पियन्स ट्रफी २०२५-मा अष्ट्रेलियाको सम्भावनाहरूलाई लिएर ईंग्ल्याण्डका पूर्व कप्तान माइकल भन आश्वस्त छैनन्। भनले मिचेल स्टार्क, नियमित कप्तान प्याट कमिन्स र जोश हेजलवुड जस्ता स्टार बलरहरूका अनुपस्थितिले टीममा प्रभाव पार्ने अनि अन्य बलरहरूका निम्ति पाकिस्तान र दुबईको परिस्थितिहरूमा विपक्षी ब्याटरहरूलाई रोक्नु कठिन हुने बताएका छन्। कमिन्स र हेजलवुड चोटले गर्दा बाहिर भएका छन्। यसरी स्टार्कले निजी कारणहरूले गर्दा टुर्नामेण्टमा हिस्सा नलिने फसेला गरेका छन्। भनले भने, अष्ट्रेलियालाई ३ जना मुख्य बलरहरूका कमी अनुभव हुनेछ। मिचेल स्टार्क टुर्नामेण्टबाट बाहिर भएका छन्। २०२३-को वर्ल्ड कपमा असल प्रदर्शन गर्ने कप्तान कमिन्स पनि छैनन्। जोश हेजलवुड पनि छैनन्। टीमको मुख्य सीम आक्रमण नै पाकिस्तान र दुबईमा रहनेछैन। यो अष्ट्रेलियाको निम्ति ठूलो झट्का हो।
स्टीव स्मिथलाई कप्तान बनाउने फसेलाबारे पनि भनले आफ्नो मत व्यक्त गरे। उनले भने, स्टीव स्मिथको भिड़न्त ट्रेविस हेडसँग थियो। मेरो विचारमा श्रीलंकामा हालै भएको टेस्ट सीरीजमा स्मिथको मास्टर क्लास र समग्र अनुभव उनको पक्षमा रह्यो। सामरिक रूपमा स्मिथ अहिले पनि विश्वका सर्वश्रेष्ठ कप्तानहरूमा एक हुन्। जे भए पनि ३ प्रमुख पेस बलरहरूका अनुपस्थितिमा च्याम्पियन्स ट्रफीमा अष्ट्रेलियालाई सफलता दिलाउन उनले पनि आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्नु पर्नेछ। यसको साथमा भनले मार्कस स्टोइनिस र मिचेल मार्श टीममा नहुँदा ग्लेन म्याक्सवेलमाथि अतिरिक्त दबाउ रहने कुरा स्वीकार गरे। स्टोइनिसले हालै वनडे क्रिकेटबाट सन्न्यास लिएका छन् जबकि मार्श चोटले गर्दा बाहिर छन्। भनले भने, म्याक्सवेल अष्ट्रेलियाई टीमका यस्ता एकजना खेलाड़ी हुन् जसमाथि सबैको नजर रहनेछ। मेरो विचारमा म्याक्सवेल र एडम जाम्पा अष्ट्रेलियाका प्रमुख खेलाड़ी हुनेछन्। अष्ट्रेलियाको सफलता धेरै हदसम्म म्याक्सवेलको फर्ममाथि निर्भर गर्नेछ। म्याक्सवेलले असल प्रदर्शन गर्न नसके अष्ट्रेलियाले सेमिफाइनलको निम्ति क्वालीफाई गर्न सक्नेछैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement