मालदा: मालदा जिल्लाको कालियाचक थाना अन्तर्गत मोजामपुर ग्राम पंचायत इलाकामा एक २० वर्षीय युवकको आफ्नै पिता र काकाले मिलेर हत्या गरेकाे घटना सार्बजनिक भएको छ।
प्राप्त जानकारीअनुसार,
युवकले आफ्ना पिताको दोस्रो विवाहको विरोध गरिरहेका थिए जसबाट रूष्ट भएर उसको हत्या गरि, यसलाई आत्महत्याको रूप दिनलाई उसको शवलाई पंखामा झुण्डाइएकाे आरोप छ।
मृतक युवकको नाम राज मोमिन हो।
केही वर्ष अघि राजका माता-पिताको सम्बन्ध विच्छेद भएकाे थियाे। पछि केही राजका पिता सरफराज आलम (५२)-ले दोस्रो विवाह गरेका थिए।
परिवारका अन्य सदस्यहरूलाई यस विवाहदेखि कुनै आपत्ति थिएन, तर राजलाई स्वीकार्य थिएन र यसले घरमा तनाव बढ्दै गयो।
मृतकका मामा शमिम नवाबले सोमवार आरोप लगाए, राजको हत्या उसका पितात सरफराज आलम र काका डनी मेमिनले मिलेर गरेका हुन्। उनले बताए, सरफराज पहिलादेखि नै अवैध सम्बन्धमा लिप्त थिए जसकारम उसकी बहिनीको पनि सम्बन्ध विच्छेद भयो। राजले आफ्ना पिताको दोस्रो विवाहको विरोध गरिरहेका थिए, त्यसैले उसको हत्या गरियो।
आइतवार राजको शव घरभित्र पंखामा झुण्डिरहेको अवस्थामा भेटिए पश्चात क्षेत्रमा खैलाबला मच्चियो।
हाल हत्याका दुवै अभियुक्त फरार छन्। पुलिस उनीहरूको खोजीमा जुटेको छ।









