महाकुम्भमा सहभागी हुन प्रयागराज पुगे पश्चिम बङ्गालका राज्यपाल

20bengal-guv

प्रयागराज: पश्चिम बंगालका राज्यपाल सीवी आनन्द बोस सोमबार महाकुंभ २०२५ मा सहभागी हुन उत्तर प्रदेशको प्रयागराज पुगेका छन्।
राज्यपाल बोसले भने, “कुम्भले भारतको महान संस्कृति र परम्पराका उत्कृष्ट प्रतिनिधित्व गर्दछ।”
विश्वको सबैभन्दा ठूलो मण्डली ‘अहम ब्रह्मास्मि’ को अर्थ बुझ्न स्वेच्छाले यहाँ आएकाे, सबै भारतीयहरूको लागि गर्वको कुरा रहेकाे, उनले बताए।
राज्यपालले कुम्भको सांस्कृतिक महत्वको बारेमा थप व्याख्या गरे। “भारत एक महान शक्तिबाट प्रेरित छ, जुन हाम्रो महान संस्कृति र सम्पदाबाट उत्पन्न हुन्छ। कुम्भले यसलाई प्रतिनिधित्व गर्दछ”, उनले भनेे।
यसैबीच, पर्वको ३६औं दिन पनि त्रिवेणी संगममा पवित्र स्नान गर्न महाकुम्भमा भीआइपीसहित भक्तजनको आगमन जारी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement