कोलकाता: प्रतिष्ठित इमामी समूहको प्रख्यात रियल इस्टेट शाखा इमामी रियालिटीले न्यू अलिपुर, जेम्स लङ सरणीमा अवस्थित इमामी आमोद परियोजनाको निर्माण कार्य शुरु गर्दै भूमि पूजन तथा एक्सपेरियन्स सेन्टरको भव्य उद्घाटन गरेको एक प्रेस विज्ञप्तिमा बताएको छ। यस परियोजनाबाट इमामी रियालिटीलाई झण्डै रु० ८५० करोड राजस्वको अपेक्षा गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। उक्त समारोह निकै भव्यताका साथ मनाइयो, जसमा विभिन्न प्रमुख व्यक्तिहरूको उपस्थिति रह्यो। विशेष अतिथिहरूमा श्रीमती काकोली बाग (काउन्सिलर वार्ड ११९), मोहन गोयनका (भाइस चेयरम्यान र होल टाइम डाइरेक्टर, इमामी लिमिटेड), डा नितेश कुमार (एमडी तथा सीईओ, इमामी रियालिटी लिमिटेड), र डा आदित्य वी अग्रवाल (नन-एक्जिक्युटिभ डाइरेक्टर, इमामी लिमिटेड) प्रमुख रूपमा सामेल भए। यस महत्वपूर्ण अवसरले इमामी आमोद परियोजनाको विकासमा एक माइलस्टोन थप्ने विश्वास गरिएको छ, जसले भव्य जीवनशैली र शान्त वातावरणको उत्कृष्ट संयोजन प्रस्तुत गर्नेछ।

भूमि पूजनसँगै, इमामी रियालिटीले इमामी आमोद परियोजनाको एक्सपेरियन्स सेन्टर पनि उद्घाटन गर्यो। यस सेन्टरले सम्भावित ग्राहकहरूलाई भविष्यमा प्राप्त गर्न सकिने लक्जरी जीवनशैलीको अनुभव प्रदान गर्दछ। परियोजनामा समावेश उत्कृष्ट सुविधाहरू: ३ बीएचके र ४ बीएचके भव्य अपार्टमेन्ट, अत्याधुनिक क्लब हाउस, इनफिनिटी स्वीमिङ पूल, म्युजिकल फाउनटेन परियोजनाको नवाचार र दिगोपनप्रति प्रतिबद्धता झल्काउने गरी एक्सपेरियन्स सेन्टरको डिजाइन गरिएको छ। इमामी रियालिटी लिमिटेडका एमडी तथा सीईओ डा नितेश कुमारले आफ्नो उत्सुकता व्यक्त गर्दै भने, “हामी कोलकातामा यस्तो परियोजना ल्याउन पाउँदा उत्साहित छौं, जसले विलासितालाई प्रकृतिसँग जोड्छ। भूमि पूजन र एक्सपेरियन्स सेन्टरको उद्घाटन एक नयाँ शहरी जीवनशैलीको प्रारम्भ हो। इमामी आमोद केवल एउटा आवासीय ठेगाना मात्र होइन; यो एक विशेष जीवनशैली हो।” इमामी आमोद परियोजनाले कोलकाताको लक्जरी जीवनशैलीलाई नयाँ परिभाषा दिनेछ।

यस परियोजनामा समावेश छन्: १ ऐकरको सुन्दर ताल जसले १८० डिग्रीको दृश्य दिन्छ, कोलकाताकै पहिलो तालमा चल्ने म्युजिकल फाउनटेन, इन्फिनिटी एज पूल, जसले झीलको मनोरम दृश्य दिन्छ, ४ ऐकरमा फैलिएको परियोजना जसमा ४ आकर्षक टावरहरू समावेश छन्, विशाल ३ बीएचके र ४ बीएचके अपार्टमेन्टहरू, जसलाई आफ्नै आवश्यकता अनुसार भित्ता मिलाएर अनुकूल बनाउन सकिन्छl परियोजनामा शारीरिक तन्दुरुस्ती र मनोरञ्जनका लागि विभिन्न सुविधाहरू समावेश छन्: अत्याधुनिक जिम र फिटनेस सेन्टर, क्रिकेट नेट, पिकलबल, बास्केटबल कोर्ट, छतमा विशेष योगा डेक, स्टार गेजिङ डेक, स्केटिङ रिङ्क, एम्फीथिएटर, प्रीमियम क्लब हाउस, बार लाउन्ज, स्पा र वेलनेस सेन्टर, थीमेटिक गार्डेनl इमामी आमोद परियोजना सस्टेनेबिलिटी र विलासिताको उत्कृष्ट संयोजन हो, जसमा समावेश छन्: इलेक्ट्रिक भेहिकल चार्जिङ पोइन्ट, भीआरभी एयर कन्डिसनिङ सिस्टम, १०-स्तरीय सुरक्षा प्रणाली, वास्तु-अनुरूप डिजाइन गरिएका अपार्टमेन्टहरूl इमामी आमोद न्यू अलीपुरमा कोलकाताको सर्वश्रेष्ठ लक्जरी परियोजनामध्ये एक बन्ने अपेक्षा गरिएको छ। विजय, समृद्धि, र विलासितालाई महत्त्व दिने मानिसहरूका लागि यो आदर्श गन्तव्य हुने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।