खरसाङ: खरसाङ खण्ड पञ्चायत समितिको तर्फबाट बाख्राहरु वितरण गरिएको छ। खरसाङ खण्ड पञ्चायत समितिको तर्फबाट ५ जना लाभार्थीहरुलाई जम्मा ५० वटा बाख्राहरु वितरण गरिएको जानकारी प्राप्त भएको छ। उक्त बाख्राहरु वितरण कार्यमा खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान र पञ्चायत समिति सदस्यहरु मौसम तामाङ, साजन दर्जी र अन्यको बाहुलीबाट प्रदान गरिएको जानकारी प्राप्त भएको छ। खरसाङ खण्ड पञ्चायत समितिको तर्फबाट मानिसहरूलाई स्वनिर्भर बनाउने उद्देश्यको साथमा यी बाख्राहरु वितरण गरिएको जानकारी प्राप्त भएको छ।









