खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको नयाँ कमान प्रशाखा कमिटी गठनको लागि सभा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता ट्रेड युनियन नयाँ कमान शाखाका सचिव बिनोद लामाले गरेका थिए भने भागोप्रमो तीनधारे महानदी समष्टिको उप सभापति धिरेन प्रधानले सञ्चालन गरेका थिए। गत १२ फरवरीमा भएको समष्टिको शाखा पसौं अभियान अन्तर्गत भएको सांगठनिक सभामा नयाँ कमानको लागि सुरेन तामाङ र मनिता तामाङलाई संयोजक चयन गरिएको थियो। दुवैको पहलमा नयाँ कमान ठूलो गाउँलाई लिएर नयाँ कमान प्राथमिक पाठशाला भवनमा सभा सम्पन्न भएको छ। उक्त सभालाई धिरेन प्रधान, बिनोद बल, सुरेन तामाङ, मनिता तामाङ आदिले वक्तव्य राखेका थिए। यसै सभामा भागोप्रमो नयाँ कमान ठूलो गाउँ प्रशाखा कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति सुरेन तामाङ, उप सभापति राकेश प्रधान र दिपमाला छेत्री, सचिवमा मनिता तामाङ, सह सचिवमा रजिता प्रधान र बिजय तामाङ, कोषाध्यक्ष रचना तामाङ र सह कोषाध्यक्ष पुरस्कार तामाङ लगायत समष्टि स्तरीय नेतृत्वहरु सबै सल्लाहकारहरु र उपस्थित सबैजनालाई कार्यकारी सदस्यहरू चयन गरिएको छ।

उक्त कमिटी गठन गरिएपछि सबै पदाधिकारीहरुलाई समष्टि स्तरीय नेतृत्वहरूसित भेटघाट गराइने र पार्टी अध्यक्ष अनित थापासित पनि भेटघाट गराइने विषयमा भागोप्रमो तीनधारे महानदी समष्टिको उप सभापति धिरेन प्रधानले जानकारी गराएका छन्।









