खरसाङ: खरसाङ टाउन कमिटीद्वारा आज खरसाङ नगरपालिकाद्वारा हाउस फर अलका लाभार्थीहरूले पाउनु पर्ने रकम नपाएकोले गर्दा जुन समस्या उत्पन्न भईरहेको छ यसलाई लिएर खरसाङ नगरपालिकासँग समाधान हेतु के कार्य भईरहेको छ त्यस विषय लिएर जानकारी लिन हेतु पुगेका थिए। खरसाङ टाउन कमिटीका कार्यवाहक अध्यक्ष संदीप बलको अगुवाई कार्यवाहक सचिव बीरबल पाख्रिन, सांगठनिक सचिव रञ्जन गजमेर, कार्यकारिणी सदस्य विकाश तामाङ अनि रामु राउतका टोलीले सम्पर्क गरेपछि लाभार्थीहरूको समस्या लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष अनित थापाले यसको निम्ति नगरपालिका अनि दिने निकायसँग बात गरेर छिटोभन्दा छिटो यसको व्यवस्था गरिदिनेछु भनी सबैलाई आश्वासन दिएको बताएका छन्। यस कुरालाई अघि बढाउँदै विगत १५ तारिखको दिन जीटीए अध्यक्ष अनित थापा कलकत्ता गएको र उनी हाउस फर अलसँग सम्बन्धित मन्त्री अधिकारीहरुसँग सम्पर्क गरेपछि आज लगत्तै खरसाङ नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष अनि नगरपालिकाका अन्य अधिकारीहरूलाई अनित थापाले हाउस फर अलका लाभार्थीहरूकोे समाधान हेतु कोलकाता बोलाएको बताएका छन्। यसको साथै विगत वर्षकाे वर्ष याममा भल पैह्रोले क्षति भएर साधारण जनतालाई पाएको दुःख अनि समस्याकाे पनि समाधान हुने खुसीकोे खबर प्राप्त भएको जानकारी खरसाङका पीआरओ सुवास प्रधान ले दिएका छन्। जुन हाउस फरका लाभार्थीहरु छन् उनीहरुले पनि पाएको रकम बमोजिम घर बनाएर नगरपालिकालाई यूसी बुझाउनमा सहयोग गरिदिने भनी दिइएको जानकारीलाई लिएर खरसाङ टाउन कमिटीका कार्यवाहक सचिव बीरबल पाख्रिनले हाउस फर अलका लाभार्थीहरुलाई दिगभ्रमित गरेर जून प्रकारले अशान्ति वातावरण सृजन गरेर राजनैतिक रोटी सेक्ने कामहरु भईरहेको छ र लाभार्थीहरूको समस्या समाधान गर्ने सम्बन्धित निकायले गरी रहेको र यस्तो प्रकारकोे राजनीतिले गर्दा अघि कुनै पनि प्रकारकोे हाउस फर अल लिएर समस्या उत्पन्न भएर लाभार्थीहरूलाई नोक्सान भए ती राजनीति गर्नेहरूले स्वयं बेर्नु पर्नेछ भन्दै जनतालाई पाउनु पर्ने रकम छिट्टै पाउने आश्वासन दिएका छन्।









