नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका तातोपानी भन्सारलाई तीन अर्ब नोक्सान

IMG-20250217-WA0170

रसुवा: बाढी पहिरोका कारण तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई तीन अर्ब नोक्सान भएको छ। चालु आर्थिक वर्षको सितम्बर २७ र १२८ को बाढी पहिरोका कारण भन्सार कार्यालयले उक्त सङ्ख्याका नोक्सान व्यहोर्नु परेको छ।
सितम्बर २७ र २८को भीषण बाढीले नाकास्थित लिपिङखोलाको पक्की पुल, लार्चाको बेलिब्रिज बगाएको थियो। दुवै पुल बगाएपछि चीनबाट आयात भइरहेको सामान रोकियो। दुवै देशबिच व्यापारिक सामान कारोबार रोकिएपछि उक्त समयमा राजश्व सङ्कलन हुन सकेन। सोही कारणले भन्सार कायालयले तीन अर्ब रुपियाँ राजश्व नोक्सान व्यहोर्नु परेको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिए।
बाढीले पक्की पुल र बेलिब्रिज बगाएपछि २६ दिनसम्म मालवाहक कन्टेनर आउजाउ रोकिएको थियो। त्यस समयमा नाकामा व्यापारिक गतिविधि ठप्प भएको थियो। २६ दिनपछि लिपिङखोला र भोटेकोसी नदीमा ह्युमपाइप राखेर अस्थायी रूपमा नाका सञ्चालन गरिएको थियो। तर पनि सहज रुपमा नाका सञ्चालनमा आउन सकेन। असोजदेखि हालसम्म हल्काफुल्का व्यापारिक गतिविधिका कारण भन्सारले तीन अर्ब राजश्व नोक्सानी व्यहोर्नु परेको हो। प्राकृतिक विपत्तिले निम्त्याएको विपद्का कारण भन्सारले सो नोक्सान व्यहोर्नु परेको हो।
राजश्व सङ्कलनका नोक्सानीका साथै अन्य थुप्रै प्रकारका घाटा व्यहोर्नु परेको काफ्लेले बताउनु भएको छ। दसैँ तिहारका समय परेकाले ठुलो मात्रमा चीनबाट सामान आयात भएन। साथै नेपालबाट कुनै पनि सामान चीनतर्फ निर्यात भएन। त्यसले पनि भन्सारले ठुलो मात्रमा राजश्व सङ्कलन नोक्सानी सामना गर्नु परेको हो। बाढी पहिरोले पुल, सडक नराम्री क्षति पुर्याएपछि व्यापारीहरूले सामान ल्याउन अनिच्छुक भएका थिए। त्यस कारण राजश्व भने जस्तो सङ्कलन भएको थिएन। राजश्व सङ्कलनमा नोक्सानी व्यहोरेको भन्सारले सरकारसँग पुल, सडक छिटै निर्माणको माग राखेको छ।
तर अहिले लिपिङखोलामा नयाँ बेलिब्रिज जडान गरेको छ। सो पुलको दुवै साइडमा रिटेनिङ वाल निर्माण नहुँदा पुलबाट मालवाहक कन्टेनर आवतजावत गराउन सकिएको छैन। मालवाहक कन्टेनर धेरै लोड हुने हुँदा पुल हलचल हुनसक्ने खतरा बढेको छ। रिटेनिङ वाल निर्माण नहुँदा पुल बलियो नहुने भएकाले सोही बेलिब्रिजबाट मालवाहक कन्टेनर आउजाउ गराउने जोखिम पैदा भएको छ। तत्काल सो वाल निर्माण गरी सहजता सिर्जना गराउन व्यापारीहरूले माग गरेका छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उमेश प्रधानले कोदारी राजमार्गका दर्जनौँ खण्डलाई स्तरोन्नति गरी सहजता दिलाउन सरकारसँग माग राखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement