रंगबुलमा‌ आयोजित विन्टर फुटबल कोचिङ क्याम्पको‌ समापन

IMG-20250217-WA0174

सोनादा: रंगबुल फुटबल एकेडेमीको आयोजनामा रंगबुल खेल मैदानमा आयोजना गरिएको विन्टर फुटबल कोचिङ क्याम्पको समापन भएको छ। उक्त विन्टर फुटबल कोचिङ क्याम्प गत २३ दिसम्बरदेखि शुरु भएको थियो। यस विन्टर फुटबल कोचिङ क्याम्पमा‌ १०५ जनाले फारम भरे पनि ९० जना नानीहरुले प्रशिक्षण लिएका छन्। २०१० देखि नै शुरु गरिएको विन्टर फुटबल कोचिङ क्याम्प विशेष गरेर विन्टरको समयमा नानीहरुलाई शारीरिक रुपमा मजबुत बनाउन साथै फोनको लतबाट टाडा राख्नलाई यो फुटबल कोचिङ क्याम्प राखिएको जानकारी प्राप्त भएको छ। यसको साथै स्थानीय नानीहरु पनि ठूल्ठूला फुटबल खेलहरु वा राष्ट्रिय स्तरसम्म खेल्न सकोस् भन्ने उद्देश्यका साथमा लगातार रुपमा यो विन्टर फुटबल कोचिङ क्याम्पको‌ आयोजना गरिएको बताइएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै रंगबुल फुटबल एकाडेमीको प्रशिक्षक फिजोवाङ्दी शेर्पाले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement