फूलबाड़ी: सोमबार फूलबाड़ीकाे भारत–बंगलादेश सीमा क्षेत्र आमाईदिघीमा रहेको एउटा गाडी पार्किंगबाट मोर्टार शेल बरामद भएपछि सो क्षेत्रमा सनसनी मच्चिएको छ। यो घटनापछि इलाकामा आतंकको माहौल देखिएको छ।
फूलबाड़ी क्षेत्रको उक्त पार्किंगस्थलमा टिस्टाबाट डम्परबाट बालुवा र ढुङ्गा ल्याइएको बताइएको छ। सोही क्रममा उक्त विस्फोटक मोर्टार शेल बरामद भएको बताइएकाे छ। घटनाको जानकारी एनजेपी पुलिस चौकीलाई दिइएको थियो।
गत वर्ष पहाडमा आएको प्राकृतिक प्रकोपपछि धेरै मोर्टार शेल टिस्टा नदीमा बगेर आएको छ। यो मोर्टार शेल पनि उदलाबाड़ी टिस्टा नदीबाट ल्याइएको बालुवा र ढुङ्गासंग आएको हुन सक्छ भनि अनुमान गरिएको छ। घटनास्थलमा पुगेको प्रहरीले मोर्टारको पुलिस बरामद गर्ने प्रयास गरिरहेको छ।









