न्यू दिल्ली रेलवे स्टेशनमा प्लेटफार्म टिकटको बिक्री ‘रोकियो’

10509ce3de0d41a6ad19d12d697daf169e9c8

न्यू दिल्ली: न्यू दिल्ली रेलवे स्टेशनमा शनिबार राति भएको भागदौडमा १८ जनाको मृत्यु भएपछि धेरै ठोस कदमहरु लागू गरिएको छ। रेलवेले सोमबारदेखि अर्को एक सातासम्म प्लेटफार्म टिकट बिक्री समयमा प्रतिबन्ध लगाएकाे छ।
सोमबार साँझ ४ बजेदेखि अर्को एक सातासम्म प्लेटफर्म टिकट बिक्री नहुने एक रेल अधिकारीले बताए। बढ्दो भीडलाई नियन्त्रण गर्न यो निर्णय गरिएको उनले जनाए। शुरुमा प्लेटफर्म टिकट बिक्री पूर्णरुपमा रोकिए पनि पछि साँझ ४ बजेदेखि यस्तो लागू गर्ने निर्णय भएको उनले जनाए।
यसअघि आइतबार रेल मन्त्रालयद्वारा गठित दुई सदस्यीय समितिले न्यू दिल्ली रेलवे स्टेशनको घटनास्थलको निरीक्षण गरी सीसीटीभी फुटेजको जाँच गरेको थियो।
भीड नियन्त्रण गर्न सीआरपीएफ र आरएएफका जवानहरूलाई पनि तैनाथ गरिएको छ। योसँगै आरपीएफ कर्मिहरुकाे संख्या पनि बढाइएको छ। यसबाहेक यहाँ पहिले तैनाथ भएका पुराना एसजीओलाई पनि बोलाइएको छ।
साथै पुलिसलाई सतर्कता र गस्ती बढाउने निर्देशन दिइएको छ।
भागदौडपछि, अब रेलवेले न्यू दिल्ली रेलवे स्टेशनको प्लेटफर्म नम्बर १६ बाट सबै कुम्भ विशेष ट्रेनहरू चलाउने निर्णय गरेको छ। कुम्भमा जाने सबै तीर्थयात्री अब अजमेरी गेटबाट सिधै प्रवेश र निस्कन सक्नेछन्।
यद्यपि यस सम्बन्धमा रेलवेले अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेको छैन। यस अघि प्लेटफर्म १४ पनि, कुम्भ विशेष ट्रेनहरूको सञ्चालनको लागि प्रयोग भइरहेको थियो, तर अब विशेष ट्रेनहरू प्लेटफर्म नम्बर १६ बाट मात्र खुल्नेछ।
रेलवेद्वारा जारी गरिएको यो प्रतिबन्ध २६ फेब्रुअरी सम्म जारी रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement