भारतीय टीमद्वारा नेटमा अभ्यास शुरु

IMG-20250217-WA0155

दुबई भारतीय क्रिकेट टीमले च्याम्पियन्स ट्रफी अघि यहाँ आईसीसी एकाडमी अभ्यास मैदानमा आइतवारदेखि अभ्यास शुरु गऱ्यो जसमा मोहम्मद शमीले बलिंग प्रशिक्षक मोर्ने मोर्कलसँग निक्कै समय बिताए। नयाँ मानक सञ्चालन प्रक्रिया (एसओपी) कठोरतापूर्वक लागू हुँदा वैकल्पिक अभ्यासको प्रश्न नै थिएन। यसैकारण कप्तान रोहित शर्मादेखि लिएर युवा हर्षित राणा सबैले एकसाथ अभ्यास गरे। ईंग्ल्याण्डविरुद्ध टी२० र वनडे सीरीजको माध्यमले इण्टरनेशनल क्रिकेटमा फर्किने शमीले घुँड़ामा स्ट्रेचेबल क्याप लगाएका थिए। उनले छोटो रनअप्-को साथ शुरुवात गरे। ब्याटरहरू नेटमा आउन अघि शमीलाई आफ्नो लेन्थ एडजस्ट गरिरहेको देखियो अनि बलिंग प्रशिक्षक मोर्कलसँग ब्याटरहरूका प्रान्तसम्म गए। त्यस समय शमीले आफ्नो आदर्श लेन्थबारे मोर्कलसँग कुराकानी गरिरहेको जस्तो प्रतीत भयो। ब्याटरहरू अभ्यासको निम्ति ओर्लिएपछि शमीले लगातार बलिंग गरे।
हार्दिक पाण्ड्या र श्रेयस अय्यरले कुलदीप यादव र अन्य स्पिनरहरूलाई खेले। यस अवधि पाण्ड्याको एउटा शक्तिशाली शट्ले रिषभ पन्तको घुँड़ामा पनि लाग्यो। पन्त पीढ़ाले छटपटाउँदा फिजियो कमलेश जैनले तुरन्त उनको उपचार गरे। पाण्ड्या पनि नेटबाट निस्किएर उनलाई हेर्न आए। चोट त्यति गम्भीर नभएको हुनाले पन्तले पनि केही समयपछि प्याड लगाएर ब्याटिंग अभ्यास शुरु गरे। विराट कोहलीले पनि नेटमा एकाग्रताको साथ अभ्यास गरे। गत हप्ता ईंग्ल्याण्डविरुद्ध कटकमा बनाएको शतकपछि रोहितलाई पनि असल मूडमा देखियो। मुख्य ब्याटरहरूलाई नेट अभ्यासको अवधि हर्षित राणा, वरुण चक्रवर्ती र पन्तले फील्डिंग प्रशिक्षक टी दिलीपसँग अभ्यास गरे। कोहलीलाई फन एक्टिविटी-को अवधि साथीहरूसँग ठट्टा गरिरहेको पनि देखियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement