कैलाली: सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि आक्रमण भएको छ। सोमबार बिहान करिब ४ बजेको समयमा प्रादेशिक अस्पतालका डाक्टर बेदप्रकाश भट्टमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।
भट्टमाथि आक्रमण गर्ने धनगढी उपमहानगरपालिका-१३ बस्ने २४ वर्षीय कृष्ण रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए।









