दैलेख: दैलेखमा एक बालकको ह’त्या गरिएको घटनामा शव भेटिएको छ। गत फरबरी ७मा हराएका राजनको शव फरबरी १५शनिबार प्रहरी टोलीले खोलामा गा’डिएको अवस्थामा फेला पारेको हो। अनुसन्धान अनुसार, चोरी गरेर ल्याएको सुनको गहना (तिलहरी) बिक्री गर्ने बिषयमा आपसमा विवाद हुँदा राजनले अरुलाई भनिदिने डरले आफ्नो साथीहरुले फरबरी ७को राती नै उनको ह’त्या गरेर घर नजिकै रहेको खोलामा खाल्डो खनी गा’डेका थिए।
प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार, घटनास्थलमा पुगेर शव निकालेपछि अनुसन्धान अघि बढाइएको छ। घटनामा संलग्न दुई जना बालकलाई पक्राउ गरिएको छ, यद्यपि तिनीहरूको नाम प्रहरीले खुलाएको छैन।









