चोटग्रस्त गजनफरको स्थानमा मुजीब मुम्बई इण्डियन्स टीममा सामेल

IMG-20250217-WA0151

मुम्बई: अफगानिस्तानका स्पिनर मुजीब उर रहमानले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५ सीजन अघि मुम्बई इण्डियन्सको टीममा आफ्नै देशका अल्लाह गजनफरको स्थान लिएका छन्। किशोर स्पिनर गजनफर एल४ वर्टिबामा फ्र्याक्चरले गर्दा टुर्नामेण्टबाट बाहिर भइसकेका छन्। मुम्बई इण्डियन्सको फ्रेञ्चाइजीले नोभेम्बरमा भएको आईपीएल २०२५-को मेगा लिलामीमा गजनफरलाई ४.८० करोड़ रुपियाँमा खरीद गरेको थियो। आईपीएलद्वारा जारी बयानमा भनिएको छ, मुम्बई इण्डियन्सले टाटा इण्डियन प्रीमियर लीग (आईपीेल) २०२५-को आउँदो संस्करणको निम्ति अल्लाह गजनफरको प्रतिस्थापनको रूपमा मुजीब उर रहमानलाई चयन गरेको छ। अल्लाह गजनफर चोटले गर्दा यस सीजनबाट बाहिर भएका छन्। दाहिने हातका अफ् स्पिनर मुजीबले आईपीएलमा १९ वटा म्याच खेलेर १९ विकेट लिएका छन्। उनी आफ्नो २ करोड़ रुपियाँको बेस प्राइसमा मुम्बई इण्डियन्समा सामेल भएका छन्। उनले आईपीएलमा अन्तिमपल्ट २०२१-मा सनराइजर्स हैदराबादबाट खेलेका थिए। त्यस अघि उनले पञ्जाब किंग्सबाट ३ सीजन खेलेका थिए। समग्रमा २३ वर्षीय स्पिनरले २५६ वटा टी२० म्याचमा ६.७५-को इकोनमीले २७५ विकेट लिएका छन्। यसरी १८ वर्षीय गजनफरलाई कलकत्ता नाइट राइडर्सको टीममा चोटग्रस्त मुजीब उर रहमानको स्थानमा सामेल गरिएको थियो तर उनले गत वर्ष एउटा म्याच पनि खेलेका थिएनन्। गत वर्ष केकेआर-को टीमले आईपीएल खिताब पनि जितेको थियो। चोटले गर्दा युवा अफ् स्पिनरलाई च्याम्पियन्स ट्रफीको टीमबाट पनि बाहिर राखिएको छ। टुर्नामेण्टको निम्ति अफगानिस्तानको १५ सदस्यीय टीममा गजनफरको स्थानमा नांग्याल खारोटीलाई सामेल गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement