आईपीएल-को १८औं संस्करण २२ मार्चदेखि शुरु हुने

IMG-20250216-WA0255

नयाँ दिल्ली: इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५ को आधिकारिक शेड्यूल आज भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले जारी गऱ्यो। आईपीएलको १८औं संस्करणको पहिलो म्याच २२ मार्चमा गत सालको च्याम्पियन कलकत्ता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) बीच ईडन गार्डन्समा खेलिनेछ। यसरी फाइनल म्याच २५ मईमा ईडन गार्डन्समै खेलिनेछ। आईपीएल २०२५-को अवधि १० वटा टीमबीच १३ वटा स्थानहरूमा ६५ दिनमा जम्मा ७४ वटा म्याच खेलिनेछ। लीग चरण २२ मार्चदेखि १८ मईसम्म चल्नेछ अनि यस अवधि ७० वटा म्याच खेलिनेछ। यसरी फाइनलसहित प्लेअफ्-को सबै म्याचहरू २०-देखि २५ मईसम्म खेलिनेछ। आईपीएल २०२३-को पहिलो डबल हेडर (एक दिनमा दुईवटा म्याच) २३ मार्चमा खेलिनेछ। आईपीएल २०२५-मा जम्मा १२ वटा डबल हेडर रहेको छ। डबल हेडरको पहिलो म्याच दिउँसो ३:३० बजीदेखि अनि दोस्रो म्याच राति ७:३० बजीदेखि खेलिनेछ। आईपीएल २०२५-को अवधि ३ वटा टीमले २-२ वटा घरेलु मैदानमा म्याचहरू खेल्नेछ। दिल्ली क्यापिटल्सले आफ्नो घरेलु म्याचहरू विशाखापट्टनम र नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा खेल्नेछ। यसरी राजस्थान रोयल्सले गुवाहटी र जयपुरको सवाई मानसिंह स्टेडियममा खेल्नेछ। पञ्जाब किंग्सले पनि आफ्नो घरेलु म्याचहरू २ वटा स्थलमा खेल्नेछ। यसमा धर्मशालाको एचपीसीए स्टेडियम र चण्डीगढ़को न्यू पीसीए स्टेडियम सामेल छ। लीग चरण समाप्त भएपछि प्लेअफ् म्याचहरू हैदराबाद र कलकत्तामा खेलिनेछ। हैदराबादमा २० र २१ मईमा कालीफायर १ र एलिमिनेटर म्याचको आयोजन गरिनेछ। यसरी कलकत्तामा २३ मईमा क्वालीफायर २ र २५ मईमा फाइनलको आयोजन गरिनेछ। चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सले आईपीएल इतिहासको सर्वाधिक ५-५ पल्ट खिताब जितेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement