गान्तोक: राजस्थान भ्रमणमा रहकाे सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले, डूंगरपुर जिल्ला अन्तर्गत आदिवासी ग्रामीण क्षेत्र वागदरीमा ‘आचार्य महाप्रज्ञ नेत्रालय’ को नयॉं भवन लोकार्पण गरेकाे राजभवनद्वारा जारी विज्ञप्तिमा बताएको छ।
राज्यपालले संस्थाका मुख्य संचालक पद्श्रीले सम्मानित मूलचन्द लोढाप्रति आभार व्यक्त गर्दै समाजप्रति उनको योगदानको सराहना गरे।
लोढा जीले दुर्गम आदिवासी क्षेत्रमा भव्य नेत्रालय र छात्रावासको निर्माण गरेर अद्भुत कार्य गरेका छन्। उनी विगत २५ वर्षदेखि यस्तो पुण्य कार्य गर्दै आएको राज्यपालले बताए। यस अवसरमा राज्यपालले परिसरमा स्थित स्वामी विवेकानन्दको प्रतिमामा माला अर्पण पनि गरे।
चिकित्सालयमा राम्रो सेवाहरू सुनिश्चित गर्न राज्यपालले नेत्रालयलाई ११ लाख रूपियॉंको आर्थिक योगदान पनि दिए। उनले राजस्थानको सामाजिक विकास सम्बन्धी परियोजनाहरूप्रति आफ्नो समर्थन र सहयोग सदैव बनिरहने आश्वासन दिए।
कार्यक्रममा मुख्य अतिथिको रूप सांसद कनक मल कटारा, सांसद चुन्नी लाल जी गरासिया, सांसद मन्ना लाल बीजी रावत, धर्मनारायण जी जोशी, स्वामी राजेश्र्वानंद जी र डा. दलजीत यादवकाे उपस्थिति रहेकाे विज्ञप्तिमा थप उल्लेख छ।









