गान्तोक: सरकारका धर्म विभागीय मन्त्री सोनाम लामा रिनाक आरिटार पुगेर सबैका कल्याणको लागि प्रार्थना गरे। मन्त्रीसित धर्म विभागका अतिरिक्त सचिव सोनाम तोप्गे टाशी र अन्य अधिकारीहरू पनि उपस्थित थिए। मन्त्रीले उपस्थित मानिसहरूसँगै पवित्र डुब्चेन छामको अवलोकन गरे।









