गान्तोक: गरीब जनकल्याण प्रकोष्ठले आज पश्चिम र दक्षिण सिक्किमका ४४ जना बिरामीहरूलाई स्टोन अप्रेशनको निम्ति सिलगढीको उच्चस्तरीय अस्पतालहरुमा पठाएको छ। यी बिरामीहरू किड्नी र गल ब्लडर स्टोनको शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेका थिए। प्रकोष्ठले गरिबी रेखामुनि परिवारका सदस्यहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्दै विशेष पहल शुरू गरेको छ, जसले ती बिरामीहरूलाई ठूलो राहत पुग्दै आएको छ। आज दक्षिण सिक्किमको जोरथाङबाट बसमा पठाइएका बिरामीहरूलाई सिलगढीमा प्रकोष्ठको टोलीले स्वागत गर्दै सुविधायुक्त निवासमा राखेका छन्। उनीहरूको भोलिदेखि उपचार र शल्यक्रिया शुरु हुने भएकोछ। प्रकोष्ठको टोलीले भर्ना प्रक्रिया र अन्य स्वास्थ्य सेवा पनि सुनिश्चित गरेको छ। बिरामीहरूलाई सिलगढीका प्रमुख अस्पतालहरू नियोटिया गेट्वेल, किन्स र उत्तर बङ्ग मेडिका अस्पतालमा भर्ना गरी आवश्यक उपचार र शल्यक्रिया गराइनेछ। यस उपकारी पहलको मुख्य उद्देश्य गरीब र आवश्यकता भएका बिरामीहरूको स्वास्थ्य सेवामा सहजता बढाउनु हो। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शन र सहयोगले यो पहललाई सम्भव बनाएको छ भने यसअघि पनि राज्यका थुप्रै बिरामीहरू यस प्रकारको सेवाबाट लाभान्वित बनिसकेका छन्। यसले गरीब जनतालाई ठूलो सहयोग पुर्यााएको छ। जनकल्याण प्रकोष्ठको यो उत्कृष्ट पहलले राज्यमा स्वास्थ्य सेवालाई थप सुलभ पनि बनाएको छ भने भविष्यमा पनि यो पहल निरन्तर अघि बढाइनेछ।









