उत्तरेमा वाहन दुर्घटना, शिक्षकको मृत्यु

IMG-20250216-WA0244

गेजिङ: गेजिङ जिल्लाको उत्तरेमा हिजो राति एउटा वाहन दुर्घटनाग्रस्त हुँदा वाहनमा सवार एक जनाको मृत्यु भएको छ। उक्त घटना हिजो राति ८ बजे भएको जानकारी प्राप्त भएको छ। घटनाक्रम अनुसार उत्तरे बजार नजिकको सडकबाट लगभग एक हजार फिट तल खसेको थियो। जसको कारण उत्तरे सिम्फोक नयाँ बस्ती निवासी शिक्षक कविरहाङ लिम्बूको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ। उक्त घटनाको सूचना पाउनसाथ स्थानीय पुलिस र गाउँलेहरूको सहयोगमा घटनास्थलबाट शवलाई उद्दार गर्दै गेजिङ अस्पतालमा पठाइएको थियो। दुर्घटनामा परेको वाहन एसके ०४ पीए- ४७२८ आज बिहान मात्र फेला पऱ्यो। गेजिङ पुलिस र एसएसबीले जानकारी गराएअनुसार दुर्घटना भीषण कुहिरोका कारण हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement