सुनको चेन लुटेर फरार

Chhetriya-Samachar-1

खोरीबाड़ी: खोरीबाड़ीको भालुकगाड़ा मोड़स्थित सिलगढ़ी-बिहार राष्ट्रिय राजमार्गमा आज दिउँसै बाइकमा सवार दुईजना उपद्रवीहरूले एकजना महिलाको गलाबाट सुनको चेन लुटे।
पीड़ित महिलाको नाम स्वप्ना राय चौधरी रहेको बताइएको छ।
पीड़ित महिला दिउँसाे, दाेकानमा भोजन पुऱ्याएर घर फर्किने क्रममा पछाड़िबाट आएको बाइकमा सवार दुईजना उपद्रवीहरूले उनको गलाबाट सुनको चेन लुटेर फरार भएको उनले बताए। यस चेन लुटने अवधि चेन छिनिएर एक भाग सड़कमा झऱ्यो र दोस्रो भाग लिएर लुटेराहरू भागेकाे उनले जनाए। घटनाको खबर पाउनसाथ खोरीबाड़ी थानाको पुलिस घटनास्थलमा पुगे सम्पूर्ण घटनाको जाँच शुरू गरेकाे छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement