खरसाङ चिमनी देवराली समष्टिको तीन माईल बस्तीमा भेटरेन फूटबल टुर्नामेन्ट शुरु

IMG-20250216-WA0225

खरसाङ: २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको तीन माईल बस्तीमा आजदेखि ४० वर्षदेखि माथि उमेर भएका भेटरेनहरुको फूटबल टुर्नामेन्ट शुरु भएको छ। विशेष आज पहिलो खेल भेटरेन दार्जिलिङ अनि भेटरेन तीन माईलमाझ भएको थियो। त्यसरी नै दोस्रो खेल लाब्दा अनि चिमनीमाझ भएको थियो। आजको खेलमा मुख्य अतिथिको रुपमा २८ खरसाङ चिमनी देवराली समष्टिको सभासद श्याम शेर्पा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा पञ्चायत समिति सदस्य दिनेश तामाङ, पञ्चायत सदस्य शारदा थापा, २८ नम्बर नारी शक्ति अध्यक्षा सुष्मा मुखिया, समाजका सभापति, सचिव अन्य गन्यमान्य व्यक्तिहरु र वरिष्ठ नागरिकहरुकाे विशेष उपस्थिति रहेको थियोे। राष्ट्रिय गानसित साथै कार्यक्रम शुरुआत भएको थियो भने बाल कलाकारहरुद्वारा नृत्य साथै गीतहरु पनि गाएर साथै मुख्य अथिति र विष्टि अतिथिहरुद्वारा खेलाडीहरूसित परिचय साटेर अनि बल किक गरेर शुरुआत गरेको खेलमा प्रथम खेलमा दार्जिलिङ भेटरेन अनि तीन माईल बस्ती भेटरेन माझ भएको खेलमा दार्जिलिङ भेटरेनले एक गोलकाे विरुद्ध चार गोल गरेर म्याच जितेको थियो। यसको साथै लाब्दा अनि चिमनीमाझ भएको खेलमा चिमनी भेटरेनले एक गोलको विरुद्ध दुई गोलले विजय भए।


नवदिप संघ तीन माईलद्वारा आयोजना गरिएकाे खेलमा जम्मा २४ टिमले भाग लिएका छन् भनी नवदिप संघकाे पक्षमा पूर्व रेन्जर किरण लेप्चाले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement