नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १८ जनाको मृत्यु

New-Delhi-station-crush-67b178c5d2b80

नयाँ दिल्ली: शनिवार राति नयाँ दिल्ली रेलवे स्टेशनमा प्रयागराज जाने यात्रीहरू बीच अचानक भागदौड मच्चियो। सबैजना पहिलो उपलब्ध ट्रेन समात्ने प्रयासमा थिए, अचानक भागदौड मच्चियो।
ठूलो भीडमा यस भागदौडमा
१८ जनाको मृत्यु भएकाे छ भनेे १२ जना घाइतेाको अस्पतालमा उपचार चलिरहेको छ।
भारतीय रेलवेले मृतकको परिवारलाई आर्थिक सहयोगको घोषणा गरेको छ।
राष्ट्रपति, प्रधानमन्त्री लगायत सबै प्रमुख व्यक्तित्वहरूले मृतकहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
शनिवार राति नयाँ दिल्ली रेलवे स्टेशनको प्लेटफर्म नम्बर १२, १३, १४, १५ र १६ मा प्रयागराज जानेहरुकाे भारी भीड थियाे र प्रयागराज जाने रेलको प्लेटफर्म परिवर्तनको गलत घोषणा मानिसहरूले सुनेकाे कारण दुर्घटना भएको हाे।
दिल्ली पुलिसले पुष्टि गरे अनुसार १४ महिलासहित १८ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा आहा देवी (७९, बक्सर, बिहार), पिंकी देवी (४१, संगम विहार, दिल्ली), शीला देवी (५०, सरिता विहार, दिल्ली), व्योम (२५, बवाना दिल्ली), पुनम (४०, बिहार), ललिता देवी (३५, बिहार), सुरुची (११, बिहार), कृष्णा देवी (४०, मुजफ्फरपुर, बिहार), विजय साह (१५, समस्तीपुर, बिहार), नीरज (१२, समस्तीपुर, बिहार), शान्ति देवी (४०, नवादा, बिहार), पूजा (८, नवादा, बिहार), संगीता मलिक (३४, भिवानी, हरियाणा), पुनम (३४, महावीर एन्क्लेभ, दिल्ली ), ममता झा (४०, नांगलोई, दिल्ली), रिया सिंह (७, सागरपुर, दिल्ली), बेबी (२४, बिजवासन, दिल्ली) र मनोज (४७, नांगलोई, दिल्ली) रहेका छन्।
भारतीय रेलवेले प्रत्येक मृतकका परिवारलाई १० लाख रूपियाॅं, गम्भीर घाइतेलाई २.५ लाख रूपियाॅं र सामान्य घाइतेलाई १ लाख रूपियाॅं गरि आर्थिक सहयोगकाे घोषणा गरेको छ।
राष्ट्रपति द्रौपदी मुर्मूले मृतकहरूप्रति समवेदना व्यक्त गर्दै भनिन्, “नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौडमा मानिसहरूको मृत्यु भएको थाहा पाउँदा मलाई गहिरो दुःख लागेको छ। शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नयाँ दिल्ली रेलवे स्टेशनमा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। ‘नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडबाट म दुःखी छु। आफ्ना प्रियजन गुमाउनु भएका सबैप्रति मेरो समवेदना। घाइतेहरूको छिट्टै स्वास्थ्यलाभ होस् भन्ने कामना गर्दछु। अधिकारीहरूले भागदौडबाट प्रभावित सबैलाई सहयोग गरिरहेका छन्।’, उनले आफ्ना एक्स पोस्टमा लेखेका छन्।
केन्द्रीय गृहमन्त्री अमित शाहले एक्स पोस्टमा लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनेहरूका परिवारप्रति म समवेदना व्यक्त गर्दछु। घाइतेहरूलाई सम्भव भएसम्मको उपचार दिइँदैछ। म उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’
रक्षामन्त्री राजनाथ सिंहले शोक व्यक्त गर्दै लेखे, ‘नयाँ दिल्ली रेलवे स्टेशनबाट विनाशकारी खबर। रेलवे प्लेटफर्ममा भागदौडका कारण भएको मृत्युप्रति म अत्यन्तै दुःखी छु। यस दुःखको घडीमा शोकसन्तप्त परिवारजनप्रति मेरो समवेदना छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् र घटनालाई हृदयविदारक बताएका छन्। उनलेएक्समा लेखेका छन्, ‘नयाँ दिल्ली रेलवे स्टेशनमा भएको दुर्घटनामा ज्यान गुमाउनु अत्यन्तै दुखद र हृदयविदारक छ। शोकसन्तप्त परिवारजनप्रति मेरो समवेदना छ। दिवंगत आत्माहरूलाई शान्ति, शोकसन्तप्त परिवारलाई यो अपार दु:ख सहन सक्ने शक्ति र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि भगवान श्री रामसँग प्रार्थना गर्दछु।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement