भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकोे मासिक सभा सम्पन्न

IMG-20250216-WA0217

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिद्वारा प्रत्येक महिना सम्पन्न हुने मासिक सभा आज खरसाङकाे महकुमाको पार्टी कार्यालयमा सम्पन्न भयो। खरसाङ महकुमा समितिको अध्यक्ष सुवास प्रधानको अध्यक्षतामा सम्पन्न भएको यस मासिक सांगठनिक सभामा संगठनलाई सुदृढ बनाउन साथै कार्य गर्ने तरिकालाई कसरी सरल बनाएर पार्टीलाई एकत्रित गर्न सकिन्छ लगायत सांगठनिक गतिविधि विषय लिएर चर्चा परिचर्चा गरियो। यस सांगठनिक वक्तव्य दिने क्रममा २८ नम्बर चिमनी देउराली समष्टि सभासद श्याम शेर्पा, तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, टुङ सन्त मेरिज समष्टिका सभासद नुरी शेर्पा, खरसाङ टाउन कमिटिका कार्यवाहक सचिव बीरबल पाख्रिन, सभासद कल्पना प्रधान, युवा शक्तिका सोनु राई, खरसाङ टाउन कमिटि, नारी शक्तिका सचिव दीपा छेत्री, केन्द्रीय समितिका सभापति अनु प्रधान, खरसाङ महकुमा युवा शक्तिका अध्यक्ष प्रेमेंद्र गुरुङले आ आफना क्षेत्रकोे रिपोर्टें विस्तार रूपमा दिँदै वक्तव्य राखेका थिए। खरसाङ महकुमा समितिका मूल सचिव प्रणाम रसाइलीले विभिन्न भातृ संगठनलाई पूर्णरूपले गठन गर्न हेतु सम्पूर्ण सभासदहरु, पार्टी संयोजक लगायत समष्टिका प्रतिनिधिहेु लागि पर्नु पर्ने सुझाव दिए। यसको साथै आगामी बिहीवार खरसाङ टाउन कमिटीकाे सम्पूर्ण प्यारेन्ट्स बडी, नारी शक्ति तथा युवा शक्ति का प्रतिनिधि लगायतका २० वटै वार्डका वार्ड प्रतिनिधिहरुलाई लिएर सभा गरिदिने सभामार्फत दिशा निर्देश जारी गर्दै आजको यस मासिक सभामा उपस्थित भएर सफल तुल्याई दिएकोमा सम्पूर्ण सभासदहरु, पंचायत समितिका सदस्य लगायत विभिन्न भातृ संगठनका प्रतिनिधिगणलाई धन्यवाद दिए। सभाको अन्त्यमा सभाका सभाध्यक्ष सुवास प्रधानले आफ्नो सम्भाषणसंगै सभा समाप्तिकाे घोषणा गरे। आजको सभाको सञ्चालन खरसाङ महकुमा समितिका प्रवक्ता अनुप रामुदामुलेबगरेका थिए भने आजको सभामा वृहत रूपमा समष्टि, पंचायत, महकुमा, शहर समिति लगायत वार्ड कमिटीका सदस्यहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement