राईजिङ्ग सन स्पोर्टिङ्ग कराँते क्लबको आयोजनामा शिक्षा र खेलकूद विषयमा सचेतना कार्यक्रम सम्पन्न

IMG-20250216-WA0216

खरसाङ: विगत लामो समयदेखि कराँते प्रशिक्षण गराउँदै आईरहेको खरसाङको गिध्द पहाडस्थित राईजिङ्ग सन स्पोर्टिङ्ग कराँते क्लबको आयोजनामा गिध्द पहाडमा विद्यार्थीहरुलाई लिएर शिक्षा र खेलकूद विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। गिध्द पहाडस्थित राईजिङ्ग सन स्पोर्टिङ्ग कराँते क्लबको भवनमा आयोजित उक्त कार्यक्रममा प्रशिक्षण केन्द्र र वरिपरिका जम्मा ५४ जना विद्यार्थी नानीहरुलाई लिएर आयोजना गरिएको छ। कराँते प्रशिक्षण केन्द्रका विद्यार्थी नानीहरुलाई कराँते प्रशिक्षणसितै वर्तमान समयको शिक्षा र खेलकूदलाई पनि लिएर सचेतना गराउनलाई यो कार्यक्रम आयोजना गरिएको छ। यस अवसरमा यस कराँते प्रशिक्षण केन्द्रका निर्देशक एंव प्रशिक्षक अमित छेत्रीको पहलमा उक्त शिक्षा अनि खेलकूद विषयमाथि आयोजित सचेतना कार्यक्रममा चर्चा परिचर्चा गरिएको छ‌ कार्यक्रममा‌ कराँते क्लबका नानीहरू साथै अभिभावकहरू पनि उपस्थित रहेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रूपमा खरसाङ महाविद्यालयका रसायन विभागका प्रध्यापक दिपेन शेर्पा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा खरसाङ महाविद्यालयका अर्थशास्त्र विभागका प्राध्यापक डा दावा शेर्पा र कोलकातामा प्राध्यापक प्रतिक रूम्बा र शिक्षिका सन्ध्या तामाङ उपस्थित रहेका थिए। उनीहरुले विद्यार्थी नानीहरुलाई वर्तमान समयमा शिक्षाको महत्व र शिक्षा विषयमा सचेतनामूलक वक्तव्य राखेका थिए। कार्यक्रममा अग्निशमन विभागका‌ प्रमित छेत्रीले नानीहरुलाई खेलकूद विषयमा सचेतना गराउँदै वक्तव्य राखेका थिए। वक्ताहरुले विद्यार्थी नानीहरुलाई खेलकूद र शिक्षा विषयमा सचेतनामूलक वक्तव्य राखेका थिए।‌ कार्यक्रममा अग्निशमन विभागबाट टेकबहादुर सार्की पनि अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा उपस्थित अतिथिहरु र वक्ताहरुलाई राईजिङ्ग सन स्पोर्टिङ्ग कराँते क्लबको निर्देशक एंव प्रशिक्षक अमित छेत्रीले धन्यवाद दिएका छन्। उल्लेखनीय छ कि राईजिङ्ग सन स्पोर्टिङ्ग कराँते क्लबले निर्देशक एंव प्रशिक्षक अमित छेत्रीको अगुवाईमा विगत लामो समयदेखि कराँते प्रशिक्षण दिन्दै आएका छन्। उनले यस लगायत घैयाबारी, खरसाङ, तीनधारे, सिलगढी लगायत विभिन्न स्थानहरुमा पनि कराँते प्रशिक्षण दिन्दै आईरहेका छन्। उनले कराँते प्रशिक्षणसितै विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आईरहेका छन्। उनले विशेष गरेर शिक्षा क्षेत्रमा नानीहरुलाई ठूलो सहयोग गर्दै आईरहेका छन्। उनले नै गिध्द पहाडस्थित राईजिङ्ग सन स्पोर्टिङ्ग कराँते क्लबलाई सन् २०११ मा स्थापना गरेर प्रशिक्षण दिन्दै आईरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement