इम्फाल(मणिपुर): मणिपुरमा सुरक्षा बलले गत दुई दिनमा नेशनल आर्मी (केएनए) का ७ संदिग्ध कार्यकर्ता सहित ११ जना आतंकवादीलाई पक्राउ गरेको छ। पुलिसले आइतबार सो जानकारी दिए।
‘केएनए काडर’ लाई चुराचांदपुर जिल्लाको पुरानो खाउकुअल क्षेत्रबाट शुक्रबार पक्राउ गरिएको पुलिसले जनाएको छ।
केएनए, युनाइटेड पीपुल्स फ्रन्ट (यूपीएफ), कुकी नेशनल अर्गनाइजेसन (केएनओ), केन्द्रीय गृह मन्त्रालय र मणिपुर सरकार द्वारा २००८ मा हस्ताक्षर भएको सम्झौतामा एक हस्ताक्षरकर्ता हो। मणिपुर सरकार मार्च २०२३ मा यो सम्झौताबाट पछि हट्यो।
शनिबार इम्फाल पूर्वी जिल्लाको हुइकाप गाउँमा अर्को अपरेशनमा दुई महिलासहित प्रतिबन्धित संगठन काङ्गेलीपाक कम्युनिष्ट पार्टी (पीडब्लुजी) समूहका चार सदस्यलाई पक्राउ गरिएको पुलिसले जनाएको छ। उनीहरुको साथबाट दुई एके ४७ राइफल, पेस्तोल, गोलाबारुद आदि बरामद भएको छ।








