लाखौंको ब्राउन सुगरसहित एक युवक पक्राउ

IMG-20241104-WA0112

सिलगढी: ब्राउन सुगर पुर्‍याउने क्रममा माटीगाड़ा थानाको पुलिसले एक युवकलाई रंगेहात पक्राउ गरेको छ। अभियुक्तको नाम तपन शील (२५) हो। उनी माटीगाड़ा थाना अन्तर्गत पांचकेलगुड़ीका बासिन्दा रहेको बताइएको छ।
प्राप्त जानकारीअनुसार तपन शील केही समयदेखि लागुऔषध कारोबारमा संलग्न थिए। पुलिसले लामो समयदेखि उनको खोजी गरिरहेको थियो।
हिजो गोप्य श्रोतबाट प्राप्त सुचनाका आधारमा माटीगाड़ा थाने पुलिसले अभियान चलाएर तपन शीललाई पक्राउ गरेको हो।
तलाशीका क्रममा उनको पैंटको गाेजीबाट ८३ ग्राम ब्राउन सुगर बरामद भयाे। उक्त ब्राउन सुगरकाे बजार मूल्य करिब २ लाख रुपैयाँ रहेको छ।
पुलिस स्रोतका अनुसार तपन शील ब्राउन सुगर डिलीवरी आएको थियो। तर, यो कुरा थाहा पाउनेबित्तिकै पुलिसले उनको योजनालाई असफल बनायो र उनलाई पक्राउ गर्यो। आज आरोपीलाई सिलगढी अदालतमा पेश गरी रिमाण्डको माग गरिएको छ।
हाल, पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement