उदयपुर: उदयपुरको कटारी नगरपालिका १ मा मोटरसाइकल दुर्घटनाबाट चालकको मृत्यु भएको छ।
घटनामा मोटरसाइकलमा पछाडि सवार एक जना घाइते भएका छन्।
प्रदेश २-०१-००३ प १३०४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल झर्दा दुर्घटना भएको हो।
दुर्घटनामा कटारी ७ का २३ वर्षीय रविन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा सिरहा धनगढीमाईका २३ वर्षीय किरण तामाङको धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ। घटनाबारे थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ।








