ईंग्लिश प्रीमियर लीगः आर्सनल र म्यानचेष्टर सिटीको टीम विजयी

Screenshot_20250216_140514_FotoCollage Maker

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा आर्सनल र म्यानचेष्टर सिटीले आ-आफ्नो म्याच जित्यो। शनिवार राति खेलिएको म्याचमा आर्सनलले लिस्टर सिटीविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। लिस्टर सिटीको होम ग्राउण्ड किंग पावर स्टेडियममा ६१ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलबाट म्याचको दुवै गोल मिकेल मेरिनोले छिराए। उनले म्याचको ८१औं र ८७औं मिनटमा गोल गरे। यस जीतको साथै आर्सनल २५ वटा म्याचमा ५३ पोइण्ट्सको साथ प्रीमियर लीग टेबलको दोस्रो स्थानमा कायम रह्यो। यसरी म्यानचेष्टर सिटीले गत म्याचहरूको निराशाजनक प्रदर्शनलाई भुलेर न्यूक्यासललाई ४-०-ले पिट्यो। आफ्नो होम ग्राउण्डमा ६२ प्रतिशत पोजेशनको साथ खेल्ने सिटीबाट ओमार मारमौशले ह्याट्रिक गरे। इजिप्टका यस फरवर्डले १९औं, २४औं र ३३औं मिनटमा गोल गरे। यसबाहेक अन्य एउटा गोल जेम्स म्याकटीले ८४औं मिनटमा गोल गरे। यस जीतपछि सिटी ४४ पोइण्ट्सको साथ चौथो स्थानमा पुग्यो। यसरी न्यूक्यासल ४१ पोइण्ट्सको साथ सातौं स्थानमा रहेको छ।
यसबीच चेल्सीले चाहिँ ब्राइटनविरुद्ध ०-३-ले हारको सामना गर्नु पऱ्यो। यस म्याचमा होम ग्राउण्डमा खेलिरहेको ब्राइटनबाट यांकुबा मिनेथले २ गोल गरे। यस हारपछि चेल्सी ४३ पोइण्ट्सको साथ छैटौं स्थानमा रहन पुग्यो। यसरी १०औं स्थानमा रहने ब्राइटनसँग ३७ पोइण्ट्स रहेको छ। प्रीमियर लीगका अन्य म्याचहरूमा वेष्ट ह्यामले ब्राइटनलाई १-०-ले, बोर्नमाउथले साउथम्प्टनलाई ३-१-ले, फूलह्यामले नटिंघम फरेष्टलाई २-१-ले अनि एभर्टनले क्रिस्टल प्यालेसलाई २-१-ले पराजित गऱ्यो। एस्टन भिल्ला र इप्सविच टाउनबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement