फाइनलमा नरबोंग एफसी र गोर्खा एफसी बीच भिड़न्त तय

IMG-20250216-WA0148

मिरिक: फुवागढ़ी राइजिंग युथ क्लब (मिरिक)-को तत्त्वावधानमा आयोजित फूटबल टुर्नामेण्टमा नरबोंग एफसी र गोर्खा एफसीले आ-आफ्नो म्याच जितेर फाइनलमा स्थान बनायो। फुवागढ़ी लामेटार ग्राउण्डमा शनिवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा नरबोंग फूटबल क्लबले अनिकेत सेवेनविरुद्ध ३-२-ले जीत हासिल गऱ्यो।

विजेता टीमका बुद्धिमान सुब्बाले प्लेयर अव् द म्याच-को पुरस्कार जिते। यसरी दोस्रो सेमिफाइनलमा गोर्खा फूटबल क्लबले एनसीएफसी सिलगढ़ीविरुद्ध ६-१-ले जीत हासिल गऱ्यो। विजेता टीमका साहिल राईले प्लेयर अव् द म्याच-को पुरस्कार जिते। प्लेयर अव् द म्याच-को दुवै ट्रफी डम्बर आलेले डोनेट गरेका हुन्। टुर्नामेण्टको फाइनल १ मार्चमा खेलिनेछ।

यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement