राजपाल यादवले गरे सिक्किमको मुख्यमन्त्री र प्राकृतिक सुन्दरताकाे मुग्धकण्ठले प्रशंसा

IMG-20250215-WA0185

गान्तोक: राज्यकाे रानीपुल नजिक सरम्सा उद्यान परिसरमा आयोजित सिक्किम ब्लू ड्युक फेस्टिवल २०२५ मा आफ्नो प्रस्तुति दिन गान्तोक आइपुगेका बलिउडका चर्चित हाँस्य कलाकार राजपाल यादवले सिक्किमको मुख्यमन्त्री र प्राकृतिक सुन्दरता र आतिथ्य सत्कारको खुलेर सराहना गरेका छन्।
सरम्सा उद्यान परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको मुग्धकण्ठले प्रशंसा गरे। उनले युवामुखी कार्यक्रम आयोजनको निम्ति लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा लगायत आयोजक पक्षलाई हार्दिक बधाई दिए।
पत्रकारहरूद्वारा सोधिएका प्रश्नहरूको उत्तर दिॅंदै कलाकार यादवले मुख्यमन्त्रीको पहलमा आयोजना भइरहेको तीन दिवसीय ब्लू ड्युक फेस्टिवलको हिस्सा बन्न पाउँदा आफुलाई धेरै खुशी लागेको मनतव्य जाहेर गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement