पाकिम: मुख्यमन्त्रीको जनता भेट कार्यकर्मको लागि पाकिम जिल्ला प्रशासनले प्रारम्भिक तयारी शुरु गरेको छ। यसबारे एक बैठक आज पाकिममा सम्पन्न भयो। तीन दिवसीय कार्यक्रम २३ देखि २५ फरवरीसम्म हुनेछ। बैठकमा मुख्यमन्त्रीका सल्लाहकार विष्णुकुमार खतिवडाले कार्यक्रमबारे जानकारी गराए। उनले विभागहरूबीचको सहकार्यलाई प्रोत्साहित गरे। त्यसैगरी विभिन्न स्थानमा भइरहेको तयारीको बारेमा जानकारी गराए। अतिरिक्त जिल्लापालले कार्यक्रम स्थलहरूमा पर्याप्त शौचालय सुविधा र बिजुली आपूर्ति सुनिश्चित गर्नेबारे जोड दिए।









