मुम्बई: रोहित शर्माको कप्तानीमा रहने भारतीय टीमले १९ फरवरीदेखि शुरु हुने आईसीसी च्याम्पियन्स ट्रफीमा हिस्सा लिन मुम्बईबाट दुबई प्रस्थान गर्यो। भारतले टुनमिण्टमा आफ्नो सबै म्याच दुबई इण्टरनेशनल स्टेडियममा खेल्नेछ। टुनमिण्टका रहल म्याचहरू चाहिँ पाकिस्तानमा हुनेछ। भारतीय क्रिकेट कण्ट्रोल बोर्डले टीमको केही तस्वीरहरू सोशल मीडियामा शेयर गरेको छ, जसमा खेलाड़ी अनि सहयोगी स्टाफहरूलाई हवाई अड्डामा देखिएको छ। टीमको प्रारम्भिक योजना दुबईको निम्ति दुईवटा ब्याचमा प्रस्थान गर्ने थियो तर गत महिना बीसीसीआईले जारी गरिएको यात्रा नीतिमा विदेश यात्राहरूमा टीमलाई एकसाथ यात्रा गर्ने निर्देश दिइएको छ। च्याम्पियन्स ट्रफीमा भारतलाई आफ्ना अनुभवी पेस बलर जसप्रीत बुमराहको कमी अनुभव हुनेछ, जो गत महिना अष्ट्रेलियामा बोर्डर गावस्कर ट्रफीको अवधि लागेको ढाड़को चोटबाट मुक्त हुन सकेका छैनन्। पेस बलर हर्षित राणालाई उनको प्रतिस्थापनको रूपमा नामित गरिएको छ। यसरी ओपनर यशस्वी जयसवालको स्थानमा स्पिनर वरुण चक्रवर्तीलाई टीममा सामेल गरिएको छ। आठवटा टीमको च्याम्पियन्स ट्रफीमा भारतसँग ग्रुप ए-मा बंग्लादेश, न्यूजील्याण्ड र पाकिस्तान रहेको छ। रोहितको कप्तानीमा रहने टीमले २० फरवरीमा बंग्लादेशविरुद्ध म्याचको साथ आफ्नो अभियान शुरु गर्नेछ। त्यसपछि २३ फरवरीमा चीरप्रतिद्वन्द्वी पाकिस्तान र २ मार्चमा न्यूजील्याण्डविरुद्ध म्याच रहेको छ। यसरी ग्रुप बी-मा अफगानिस्तान, अष्ट्रेलिया, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका रहेको छ। टुर्नामेण्टको फाइनल ९ मार्चमा खेलिनेछ।
च्याम्पियन्स ट्रफीको निम्ति भारतीय टीम यसप्रकार छः
रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान), विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, रिषभ पन्त, हार्दिक पाण्ड्या, अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, रविन्द्र जडेजा, वरुण चक्रवर्ती, हर्षित राणा, मोहम्मद शमी, अर्शदीप सिंह









