सिलगढ़ी: सिलगढ़ी अदालत परिसरबाट शनिवार एक विकास कार्की नामकाे आरोपी भाग्न सफल भएकाे छ। उपद्रव गरेको आरोपमा विकासलाई पक्राउ गरइएको थियो।
खोरीबाड़ी थाना अन्तर्गत पानीट्यांकी थाना पुलिसले विकास कार्कीलाई उपद्रव मच्चाएको आरोपमा गए शुक्रवारकाे दिन पक्राउ गरेको थियो।
आरोपीलाई आज शुनुवाइको लागि सिलगढ़ी अदालतमा लगियो। त्यहाँ पुलिसको वाहनबाट उत्रिँदा-उत्रिँदै विकास पुलिसलाई छक्याएर भाग्न सफल भयो।
घटनाको सूचना पाउने साथ सिलगढ़ी पुलिस कमिश्नरेट तथा दार्जिलिङ जिल्ला पुलिसका अधिकारीहरू अदालत पुगे। सीसीटीभी फुटेजमा आरोपीलाई भाग्दै गरेको देखिएको छ र सीसीटीभी फुटेजको जाँच गरिँदैछ।
जाँच शुरू गरिएको एसीपी टी. रबिनले जनाएकाे छ।









