बोध गया (बिहार): अल ईण्डिया बुद्धिष्ट फोरम अनि अल बुद्धिष्ट अर्गनाईजेसनको संयुक्त पहलमा गत १२ फरवरी २०२५ देखि बोध गया महाविहार प्रांगनमा बीटीएमसी अधिनियम १९४९ लाई तुरुन्तै रद्ध गरि नयाँ कानुन लागू गराई वर्तमान प्रबन्धन कमिटी सम्पूर्णरुपमा बौद्ध हरुलाई जिम्मा दिनु पर्ने मांगमा अडिग फोरम महासचिव आकाश लामा को बिशेष उपस्थिति साथेेै फोरम अध्यक्ष जम्बु लामा, उपाध्यक्ष लोपसाङ् तामाङ, प्रमुख सल्लाहकार ए. के. जिम्बा, एम. के. योञ्जन (दार्जिलिङ), महाथेरो भान्ते विश्वनानन्द, भान्ते प्रज्ञाशील(महाराष्ट्र) आदि भोक हडतालमा सामेल छन् भने उनीहरू कै नेतृत्वमा गत २०२३ देखि उक्त मांग बिषय सरकारलाई जनाउन हेतु बोध गयामा विराट बौद्ध शान्ति रयाली को आयोजन गर्न साथै देशका राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, केन्द्र सरकार अधिनस्थ केन्द्रीय अल्पसंख्यक आयोग अध्यक्ष, एवं आयोगमा आसीन बौद्ध प्रतिनिधि सदस्या लगायत बिहार सरकारको मुख्यमन्त्री, राज्य गृहमन्त्री, गृह सचिव, राज्यपाल समेतलाई ज्ञापन पत्र सुम्पेको जानकारी गराउँदै महासचिव आकाश लामाले यद्यपि सरकार पक्षबाट आजपर्यन्त कुनै प्रत्युत्तर नपाएपछि अन्तमा आफूहरु अनिश्चित कालिन हडतालमा जान बाध्य भएको बताए। यस अघि हडताल बस्नमा स्थानीय प्रशासन बाट अनुमति लिन निकै गाह्रो परेको भए ता पनि सोही दिन जिल्लाअध्यक्ष, पुलिस सुपर संग फोरम डेलिगेसनको बैठक पछि उक्त मांग जायज रहेको अनि यसको निम्ति भोक हडताल/शान्ति रयाली सम्पन्न गर्न सक्ने मौलिक अधिकार रहने बताए साथै सोही दिन प्रशासनबाट अनुमति प्राप्त भएको जानकारी गराए।

स्मरण गराईन्छ, विगत केही महिना अघि देखि फोरम महासचिव आकाश लामाको कुशल अनि सक्रिय पहल अनि नेतृत्वमा एउटा धार्मिक दल गठन गरि बिहार राज्यको राजधानी पटना देखि धम्म यात्रा आरम्भ गरेर बिहार राज्यको विभिन्न जिल्ला अन्तर्गत पर्ने सुदुर गाउँ गाउँमा पुगी मानिसहरुलाई बौद्ध धर्म साथै यस संग सम्बन्धित बोध गया महाविहार को ईतिहास बारे जनमानस लाई बुझाईने काम गरेको थियो। साथै यसबारे सरकारलाई बुझाएको विभिन्न दस्तावेज बारे पनि जनाईने काम गरियो भने हालै दिल्ली स्थित विभिन्न बौद्ध राष्ट्र हरु जस्तै जापान, कम्बोडिया, श्रीलंका, थाईल्याण्ड, भुटान, म्यानमार आदि देशका दूतावास (एम्बेस्सी) लाई उक्त बीटीएमसी बिषय दस्तावेज, मेमोरेण्डम बुझाईसकेको बताए।
आजसम्मको जारी अनिश्चित कालिन भोक हडतालमा देशका विभिन्न राज्यहरु बाट बौद्ध प्रतिनिधि – सदस्यहरु हडतालमा सामेल भईरहेका थिए, जसमा विभिन्न राज्यहरु महाराष्ट्र, तेलंगना, मध्य प्रदेश, दिल्ली, कर्नाटक, पश्चिम बंगाल, उत्तर प्रदेश, लेह लद्धाख, अरुणाचल प्रदेश, हिमाचल प्रदेश, सिक्किम, दार्जिलिङ, झारखण्ड, बिहार राज्यका कुना कुना बाट बौद्ध संघ-संगठन प्रतिनिधि, भान्ते, लामाहरु सामेल भईरहेका छन्।
उनले अझ यस ऐतिहासिक पहललाई पटक्कै सेलाउन दिन नहुने साथै यस्तो मौका, वातावरण अब कहिल्यै बनिन नसक्ने ठोकुवा गर्दै यसलाई अझ सशक्त बनाउन अनि बुद्ध गया महाविहार नै यस्तो विश्व बौद्ध विरासत संसारको बौद्ध हरुको एउटै मात्र धार्मिक आस्थाको केन्द्र (मुटु) रहेको तथा यसको प्रबन्धन कमिटीलाई पूर्णरूपमा बौद्ध हरुको हातमा लिएर तमाम भारत भरि अनि विश्वका बौद्ध हरु को हक अनि गौरव बचाई राख्न यो अभियानलाई सफल बनाएरै छोड्ने दृड संकल्प को साथ यसको निम्ति सबै बौद्ध हरु लाई तन, मन, धन ले सहयोग गरिदिने हार्दिक अपिल महासचिव आकाश लामाले गरेको छ साथै यस अभियान संग जोडिन सोसियल मिडिया युटुब च्यानल/ फेस बुक/वाट्सएप अन्तर्गत ” अल ईण्डिया बुद्धिष्ट फोरम” पेजमा गई जोडिन सकिने फोरम प्रचारप्रसार सचिव सुरेन पाखरिनले एक प्रेस विज्ञप्ति जारी गरेको छ।









