खरसाङ: अजय एडवर्ड्स आज अनित थापालाई भेट्न खरसाङमा उनको वासस्थान पुगेका थिए। तर उनलाई भेट्न सकेनन्। यसै विषयलाई लिएर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले आफ्नो प्रतिक्रिया दिएका छन्। यस विषयमा उनले भने, “अजय एडवर्ड्सले मलाई नेता मान्नुभयो र त उहाँ मलाई भेट्नु आउनु भयो। ममाथि आशा भरोसा भएर नै आउनु भएको हो। मेरो घरमा जो कोही पनि आउनु सक्छ। सबैलाई स्वागत छ। मानिसहरू आशा भरोसा लिएर नै लिडरको घरमा आउँछन्। म घरमा थिइन।’
अनित थापाले पत्रकारले सोधेको प्रश्नको उत्तरमा भने, म आज घरमा थिइन। म फिल्डमा थिए। अजय एडवर्डसले जुन विषयमा पत्र लेखेका छन् त्यो राज्यको विषय हो र मैले राज्य सरकारलाई भनिसकेको छु। तर अजय एडवाडर्सले राज्य सरकारलाई पनि पत्रचार गरेका छन्। पत्रको रिप्लाई दिनुभन्दा काम गर्नुपर्छ।’
अनित थापालाई लालकोठीमा भेट्न सकिन्दैन र खरसाङमा उनको घरमा भेट्न आएको भनी अजय एडवर्डसले भनेको कुरा विषयमा अनित थापाले भने, ‘मेरो अफिसमा सबैजना हुन्छ। अहिले जीटीएमस अनलाईन काम हुन्छ। मेरोमा फाइलहरु आईपुग्नुोर्छ जुन आईरहेको र काम चलिरहेको छ। मलाई मान्छेले भोट दिएर जिताएको हो र म मान्छेको समस्याहरु बुझ्न र समाधान गर्नलाई पुग्नुपर्छ। म आफै गाउँ गाउँ र समष्टि समष्टि पुग्नुपर्छ। म मान्छेलाई लालकोठी बोलाएर दु:ख दिन चाहँदिन। बरु म आफै मान्छेहरु भएकोमा पुग्ने गर्छु।’









