पत्रको प्रतिउत्तर नपाएको भन्दै अजय एडवाडर्स खरसाङस्थित अनित थापाको घरमा आए बातचीत गर्नलाई: घरमा न भेटेपछि लगाए गम्भीर आरोप

IMG-20250215-WA0161

खरसाङ: आज ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक एंव सभासद अजय एडवर्ड्स बिहान ९:३० बजीतिर जीटीए प्रमुख कार्यपाल एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय संस्थापक अध्यक्ष अनित थापा‌को नयाँ बजारस्थित उनको निजी बासस्थान पुगेका थिए। अजय एडवर्ड्सले चियाबारी अनि श्रमिकहरुको मुद्दाहरू जस्तै न्युनतम ज्याला, २० प्रतिशत बोनस, पर्जा पट्टा अनि बंगाल सरकारद्वारा घोषित चियाबारीका ३० प्रतिशत जमीन उद्योगपतिहरूलाई प्रदान गर्ने विषयलाई केन्द्रीत गर्दै केही दिन अघि पत्रचार गरेका थिए। सोही पत्रचारको जवाफ नआएपछि उनी अनित थापा‌को बासस्थान पुगेको बताइएको छ। जीटीए प्रमुख अनित थापालाई उनको घरमा नभेटेपछि उनी फर्किएको बताइएको छ। यस अवसरमा अनित थापाको घर नजिकमै पत्रकारहरुलाई सम्बोधन गर्दै सभासद एंव ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक अजय एडवाडर्सले भने, ‘अनित थापाको कार्यालय दार्जिलिङको लालकोठी हो। तर उनी गत २५ जनवरीदेखि लालकोठी आएका छैनन् र उनको घरमै भेट्नु भनेर आएको हो। तर घरमा पनि भेट्न सकिएन।‌’
एडवर्ड्सले‌ अघि भने, मैले अनित थापालाई पत्रचार गरेको थिए र गत ८ फरवरी मिरिकको जनसभाबाट ७ दिनको समय दिएको थिए र आज १५ फरवरी भएकोले भेट्न आएको हो।‌ यहाँ जमीनको कुरा छ। माटोको कुरा छ। मेरो लागि यो गम्भीर कुरा हो। यो च्यालेञ्चको कुरा होइन उत्तरदायित्व हो। यो ३० प्रतिशत जमीनको कुरा छ। यस विषयमा अनित थापाले काम गरेको हुनु पर्ने हो।,’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement