असम हाई स्कूलको परीक्षा शुरू

Exam-scaled

गुवाहाटी(असम): आज बिहान ९ बजीदेखि असम हाई स्कूलको परीक्षा शुरु भएको छ।
पहिलो दिनको परीक्षा पेपर अंग्रेजी विषयको काे थियाे।
केही परीक्षा केन्द्रहरूमा प्रश्न-पत्र विलम्ब गरी पुगेकोले केही क्षण स्थिति तनावग्रस्त भएको थियो। पुलिसको हस्तक्षेपपछि स्थिति सामान्य भयो।
यसपालि राज्यमा कुल ४,२९,४४८ परीक्षार्थीहरूले हाईस्कूलको परीक्षा लेखिरहेका छन्, जसमध्ये १,९०,६५३ छात्र छन् भने २,३८,७९५ छात्राहरू छन्। परीक्षा राज्यका जम्मा ९४४ केन्द्रहरूमा आयोजना भइरहेको छ।
यस वर्ष २०२४ काे तुलना मा ४,७२० परीक्षार्थीहरू बढ़ेका छन् जसको लागि यस वर्षको परीक्षामा ३१ परीक्षा केन्द्रहरू बढ़ाइएको छ भनेे ओएमआर शीट पनि पहिलो पटक चार विषयमा हुनेछ।
हाईस्कूल परीक्षालाई मध्यनजर गर्दै आज बिहान प्रत्येक परीक्षा केन्द्र बाहिर माता-पिताको भीड़ देखियो। प्रशासनले परीक्षालाई केन्द्र गर्दै सुरक्षाको क़़ड़ा बन्दोबस्त गरेको छ। साथै नक्कलमुक्त परीक्षा बनाउनको लागि अत्याधुनिक व्यवस्था पनि गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement