सोनादा: भूतपूर्व सैनिक वेलफेयर एसोसिएसन पचेङ शाखाको आयोजनामा निम्न सोनादाको दुबे खेल मैदानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको दोस्रो चरणको खेल शुरु भएको छ। दोस्रो चरणको पहिलो खेल अन्तर्गत शनिवार बदमताम एफसी र लेवर युनियन सोनादामाझ सम्पन्न भएको छ। यस खेलमा बदमताम एफसीलेले लेवर युनियनलाई १-० को अन्तरले जितेर क्वाटर फाइनलमा प्रवेश गरेको छ। शनिबार भएको खेलमा अतिथिको रुपमा लोवर सोनादा ग्राम पञ्चायत एकको उप प्रधान थिलेन लामा लगायत अन्यहरु उपस्थित रहेका थिए। यस खेलमा म्यान अफ् द म्याच बदमताम एफसीको जर्सी नम्बर ११ असीम तामाङ चयन भएका छन्। अब अर्को खेल आईतबार १६ फरवरीमा हुने भएको छ। आईतबार हुने पहिलो खेल गोराबारी एफसी र मिक्स अप बोइज खरसाङमाझ हुने भएको छ भने दोस्रो खेल तरनजाबारी सिलगढी र चटकपुर एफसीमाझ सम्पन्न हुने भएको छ।

यस फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफीससहित डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिने भएको छ भनी भूतपूर्व सैनिक कल्याण वेलफेयर एसोसिएसन पचेङ शाखाको सभापति अननेरी कप्तान एलबी राईले जानकारी गराएका छन्।









