गुवाहाटी(असम): गुवाहाटीमा आगामी २५-२६ फरवरीमा आयोजना भइरहेको दुई दिवसीय एडभान्टेज असम २.० निवेश अनि बुनियादी ढाँचा शिखर सम्मेलन २०२५ को सफलता को लागी मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले देश एवं विदेशहरूमा लगातार प्रचार-प्रसार गरिरहेका छन्।
यसै श्रृंखलामा शनिवार लोक सेवा सदनमा आयोजित एक संवाददाता सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री डा. सरमाले अहिलेसम्मका तयारीहरूमाथि प्रकाश पारे।
उनको अनुसार, अहिलेसम्ममा ७ हजार प्रतिष्ठानहरूले एडभान्टेज असम २.० को लागि आफ्नो पञ्जीकरण गराएका छन्। यस सम्मेलनको समापनको अवसरमा केन्द्रिय वित्तमन्त्री निर्मला सीतारण पनि उपस्थित रहने उनले जानकारी गराए। सम्मेलनमा देशका शीर्ष उद्योगपतिहरूले भाग लिने उनले बताए।
एडभान्टेज असम २.० को उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन् भने ८ केन्द्रिय मन्त्रीहरू दुवै दिनको कार्यक्रममा सामेल हुनेछन्।
मुख्यमन्त्रीले बताए, सम्मेलनमा शीर्ष स्तरका दशजना उद्योगपतिहरू पनि सामेल हुनेछन्।









