हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन सिलिम हिल युनिट कमिटीको पुनर्गठन

IMG-20250215-WA0156

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाको पहलमा घैयाबारीको सिलिम हिलमा‌ सभा सम्पन्न भएको छ। उक्त सभा सम्पल राईको अध्यक्षतामा सम्पन्न भएको छ।‌सभामा सिलिम हिल चियाबारीको श्रमिकहरुको विभिन्न समस्याहरु विषयमा चर्चा परिचर्चा गरिएको छ‌। विशेष गरेर अवकाशप्राप्त श्रमिकहरुले नपाएको पीएफ, ग्राजुएट विषयमा चर्चा परिचर्चा गरिएको छ। ती समस्याहरु समाधानको लागि तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले पहल गरिदिने आश्वासन दिएका छन्। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन सिलिम हिल चियाबारीको पुरानो युनिट कमिटीलाई विघटन गरेर नयाँ कमिटी गठन गरिएको छ। उक्त नयाँ कमिटीमा‌ सभापति सकिला तामाङ, उप सभापति गंगा तामाङ र अनु तामाङ, सचिवमा अमर तामाङ, सह सचिवमा मणि थापा र सुनिल तामाङ, कोषाध्यक्षा सम्झना तामाङ, सल्लाहकारमा गणु छेत्री, बसन्त वाईबा, गौतम तामाङ, प्रतिप दर्जी, पेमा तामाङ, बिनोद गुरुङ, मिट्ठु लामा आदि चयन भएका छन्।‌ उक्त नयाँ युनिट कमिटीमा जम्मा ३८ जनाको कमिटी गठन गरिएको छ।‌ यस नयाँ कमिटीले चाढै नै सिलिम हिल चियाबारीको प्रबन्धकलाई‌ भेटेर चार्टर अफ् डिमाण्ड बुझाउने भएको छ।‌ उक्त सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सम्पल राईले विस्तृत रुपमा जानकारी गराएका छन्।‌

About Author

Advertisement