तेस्रो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टः कनकाई स्पोर्टिंग क्लब (नेपाल) रोमाञ्चक जीतको साथ फाइनलमा पुग्न सफल

IMG-20250215-WA0153

खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित तेस्रो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टमा कनकाई स्पोर्टिंग क्लब (नेपाल)-ले रोमाञ्चक जीतको साथ फाइनलमा प्रवेश गऱ्यो । जीटीए युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा आयोजित यस प्रतिष्ठित महिला फूटबल टुर्नामेण्टअन्तर्गत चानमारी खेल मैदानमा शनिवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा कनकाई स्पोर्टिंग क्लब (नेपाल)-ले आत्म-पवित्र स्पोर्ट्स कमिटी (इलाम, नेपाल)-विरुद्ध पेनल्टी शूटआउटमा ७-६-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो।

इलामको तर्फबाट वर्षा ओलीले गोल गरिन्। यसरी कनकाई स्पोर्टिंग क्लबको तर्फबाट पूर्णिमा राईले गोल गरिन्। विजेता टीमकी एलेक्स चौधरीले स्टार अव् द म्याच-को पुरस्कार जितिन्। आइतवार खेलिने दोस्रो सेमिफाइनल म्याचमा गत सालको विजेता सोरेंग फूटबल क्लब र एसएसबी रानीडांगाबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १० वटा शीर्ष टीमहरूले हिस्सा लिएको छ।

फाइनल १८ फरवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement