बदलामा ३६० प्यालेस्टिनी बन्दी छुट्दै
हमासले शनिवार थप तीनजना इजरेली बन्धक मुक्त गरेको छ। त्यसको बदलामा इजरेली जेलहरूमा रहेका ३६० भन्दा धेरै प्यालेस्टिनी बन्दीहरू छुट्दैछन्।
मुक्त भएका बन्दकहरू अलेक्जेन्डर ट्रुफनोभ, याएर होर्न र सागी डेकल-खेन रहेका छन्।
आज बिहानैदेखि नै गाजाको दक्षिणमा पर्ने खान युनिस शहरमा रेडक्रसलाई बन्धक हस्तान्तरण गर्न तयार पारिएको मञ्च वरपर हमास र अन्य प्यालेस्टिनी समूहका लडाकुहरू भेला भएका थिए।
१९ जनवरी मा हमास र इजरेलबीच युद्धविराम सम्झौता भएयताको यो छैटौँ पटकको बन्धक रिहा हो।
गाजामा बन्धकहरू मुक्त गरिँदैगर्दा उक्त प्रक्रिया हेरन इजरेलको तेल अभिभस्थित होस्टेज स्क्वायरमा मानिसहरू जम्मा भएका थिए। बन्धकहरू रेडक्रसलाई हस्तान्तरण गरिएपछि उनीहरू खुशीले चिच्याएका थिए।
यसअघि गत सोमवार हमासले इजरेललाई युद्धविरामका सर्त उल्लङ्घन गरेको भन्दै बन्धक रिहा नगर्ने जनाएपछि युद्धविराम भङ्ग हुने चिन्ता उत्पन्न भएको थियो।
आज मुक्त भएका तीनैजनालाइ ७ अक्टोबर २०२३ मा हमासले गरेको हमलाका बेला बन्धक बनाएर गाजा पुर्याइएका थिए।
तेस्रो र अन्तिम चरणमा गाजाको पुनर्निर्माण अघि बढाइने र त्यसका लागि वर्षौँ लाग्न सक्ने जनाइएको छ। यो चरणमा बाँकी बन्धकका शवहरू फिर्ता गरिने बताइन्छ।
हमासले झन्डै १२ सय जनाको ज्यान लिने र २५१ जनालाई बन्धक बनाउने गरी इजरेल भित्र प्रवेश गरेर अक्टोबर ७ मा हमला गरेपछि इजरेलले उनीहरूलाई नष्ट पार्ने भन्दै गाजामा सैन्य कारबाही थालेको थियो।
हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार यस हमलामा कम्तीमा ४७ हजार ५०० जनाको ज्यान गइसकेको छ। त्यहाँको २३ लाख जनसङ्ख्यामध्ये अधिकांश विस्थापित भएका छन् भने उक्त क्षेत्रमा युद्धका बेला दुई तिहाइभन्दा धेरै घर तथा भवनहरू ध्वस्त भएको संयुक्त राष्ट्रसङ्घको विवरण छ।









