राजधानीमा सिक्किम स्टेट भेटरेन्स व्याडमिन्टन च्याम्पियनशीप शुरु

IMG-20250214-WA0258

गान्तोक: ब्याडमिन्टन एसोसिएसन अफ सिक्किम (बीएएस) द्वारा आयोजित तेस्रो सिक्किम स्टेट भेटरेन्स एण्ड मास्टर्स ब्याडमिन्टन च्याम्पियनशिप आजदेखि राजधानीस्थित पाल्जोर स्टेडियमाको जिम्नाजियम हलमा शुरू भयो। आजको उदघाटन कार्यक्रमा राज्यका खेलकुद तथा युवा मामिला, कानून तथा संसदीय मामिला विभागका मन्त्री राजु बस्नेत मुख्य अतिथिकोरूपमा उपस्थित थिए। मन्त्री बस्नेतले आधिकारिक रूपमा च्याम्पियनशिपको उद्घाटन घोषणा गर्दै प्रतियोगितामा सहभागीहरूलाई शुभकामना दिए। मन्त्रीले आफ्नो सम्बोधनमा अनुशासन र फिटनेसमा खेलकुदको भूमिकामाथि जोड दिए। उनले कार्यक्रम आयोजना गर्न सिक्किम ब्याडमिन्टन एसोसिएसनको प्रयासलाई सराहना गर्दै खेलाडीहरूलाई समर्पणका साथ प्रतिस्पर्धा गर्न प्रोत्साहित गरे। ५०औ राज्य स्थापना दिवसको अवसरमा आयोजना गरिएको यस प्रतियोगितामा राज्यभरिबाट २ सयभन्दा बढी अनुभवी र मास्टर खेलाडीहरूले भाग लिएका छन्। यो प्रतियोगिता वार्षिक ब्याडमिन्टन क्यालेन्डरको एक प्रमुख कार्यक्रमको रूपमा रहेको जानकारी गराए। आजदेखि शुरू भएको तीन दिवसीय यस प्रतियोगिताको समापन कार्यक्रम १६ फरवरीको दिन हुने भएको छ। यस प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीहरूले आगामी गोवामा आयोजना हुने राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी बन्ने अवसर प्रदान गर्ने आयोजक समितिले जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement