गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा गरीब जनकल्याण प्रकोष्ठको बैठक गान्तोकमा सम्पन्न भयो। प्रकोष्ठको प्रमुख संरक्षक प्रभाकर गोलेको संयोजनमा गरीब जनकल्याण प्रकोष्ठका मुख्य संयोजक मनोज लामा, पूर्व जिल्लाका संयोजक बिमल ठटाल, उत्तर जिल्लाका संयोजक सोनाम वाङचुक भोटियाको उपस्थिति थियो। आज पूर्व जिल्लाको पार्टी कार्यालय तादोङमा समन्वय सभामा विभिन्न विषयमा छलफल गरियो। सभामा प्रकोष्ठका उत्तर जिल्ला र पूर्व जिल्लाका विभिन्न निर्वाचन क्षेत्रका संयोजकहरूले सहभागिता जनाएका थिए।सभाको मुख्य उद्देश्य नयाँ नियुक्ति भएका संयोजकहरूलाई प्रत्येक निर्वाचन क्षेत्रका प्रकोष्ठका संयोजकहरूलाई आफ्नो जिम्मेवारी बोध गराउनु रहेको थियो। कुनै पनि कामलाई बिनाअनुमति नगर्ने निर्देश मनोज लामाले दिए। गरीब बिरामीहरूको निम्ति नम्र बनेर काम गर्नुपर्ने, राजनीतिक पार्टीहरुमा भेदभाव नराख्ने, गरीबहरुलाई हेर्नु पर्ने, आफ्नो कर्तब्यलाई इमान्दारीपूर्वक र जिम्मेवारीका साथ निर्वाह गर्नुपर्ने सुझाउ पनि लामाले दिएका थिए। गरीब जनकल्याण प्रकोष्ठले बितेको पाँच बर्षभित्रमा धेरै गरीब बिरामी जनताको उद्धार र सेवा गर्दै आई रहेको जानकारी गराए। मुख्यमन्त्री तामाङले गरीब बिरामीहरूको सेवा गर्नको निम्ती नयाँ संयोजकहरूलाई नियुक्ति गरिदिएकोमा प्रकोष्ठले आभार व्यक्त गरेको छ। आगामी दिनमा सबै प्रकोष्ठ परिवार मिलेर बिरामीमुक्त राज्य बनाउन लागी पर्ने प्रतिवद्धता पनि सभाले गरेको थियो।